वि.सं.: २०८३, वैशाख २३ बुधबार
इ.स.: 2026 May 6,WEDNESDAY
वि.सं.: २०८३, वैशाख २३ बुधबार
२ वटा औषधि पसलमा शिलबन्दी : एउटालाई सुधारको मौका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ ।
शिलबन्दी गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसै गरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको छ ।
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार, दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको हो ।
अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App