वि.सं.: २०८२, फागुन १ शुक्रबार
इ.स.: 2026 February 13, FRIDAY
वि.सं.: २०८२, फागुन १ शुक्रबार
सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो
काठमाडौँ । सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड ड्रेन, नाला सफाइ गरिरहेको छ ।
विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजारभन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । तीमध्ये दरबारमार्ग र कुलेश्वर सडक खण्डमा मंगाल सफा गरिएका भेटिए । बाँकी सबैमा माटो, घरेलु र पैदल यात्रुले उत्पादन गरेको फोहोरले भरिएको थियो ।
अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ । वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा बुधबार काम भयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App