डीआइबाट विद्यार्थीमा त्रास उत्पन्न भयो, अब नराख्नू - शिक्षा विभाग
काठमाडौँ । विद्यालयमा डीआइ (डिसिप्लिन इञ्चार्ज) नराख्न काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘केही विद्यालयले बिद्यार्थीमा अनुशासनमा राख्न भन्दै अनुशासन इञ्चार्ज (डिसिप्लिन इञ्चार्ज) राख्ने गरेको र त्यस्ता व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायँसमेत दिने गरेको विषय प्राप्त हुने गरेको छ । यसकारण विद्यालयमा सिकाइमैत्री वातावरण बनाउन अनुशासन इञ्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’