Logo
  • वि.सं.: २०८३, साउन १० आइतबार​

  • इ.स.: 2026 July 26,SUNDAY

  • वि.सं.: २०८३, साउन १० आइतबार​

  • अनुसन्धान शोधवृत्तिका लागि आवेदन खुल्यो 

    अनुसन्धान शोधवृत्तिका लागि आवेदन खुल्यो 


    पुस १८, काठमाडौँ 

    काठमाडौँ महानगरपालिकाले महानगर रिसर्च फेलोसिप (अनुसन्धान शोधवृत्ति) का लागि आवेदन माग गरेको छ । आफूले अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुनेले आवेदन दिन सक्नेछन् । नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुति यिनै दुईमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । यसमा १० जना शोधकर्ता छानिनेछन् । उनीहरुले ६ महिनामा शोध कार्य सम्पन्न गर्नुपर्नेछ । 

    विविध विकास आयामहरुलाई एकीकृत गर्न तोकिएका विषयमा तथ्यमा आधारित नीतिगत तथा कार्यमूलक अनुसन्धान प्राप्त गर्नु कार्यक्रमको उद्देश्य हो । यसले आयोजनाहरुको पहिचान गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । 

    आवेदन भर्न तलको लिङ्क थिच्नोस् https://shorturl.at/izB57

    अध्ययनका बिषय काठमाडौँ महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनुपर्नेछ । अनुसन्धानको परिणाम नीतिगत निर्णय, गठन तथा कार्यान्वयनमा उपयोग गर्न सकिने, अनुसन्धानको परिणाम पूर्वाधार तथा सामाजिक विकास आधारित आवश्यकता अनुरुप परियोजनाको पहिचान तथा गठन गर्न सकिने प्रस्तावलाई प्राथमिकता दिइनेछ । 

    शोधसँग सम्बन्धित विषय, अध्ययनका सीमा तथा सर्तलगायत विषयका लागि तलको कागजपत्र हेर्नुहोस् 

    शोधका विषयहरु
    शोधका लागि १० वटा विषय दिइएका छन् । यी विषयहरु सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित छन् ।  
    १)    इतिहास, कला, संस्कृति, परम्परा 
    २)    भाषा, साहित्य 
    ३)    सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार 
    ४)    जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन 
    ५)    शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर
    ६)    स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास 
    ७)    सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास 
    ८)    वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन 
    ९)    कानून, शासन 
    १०)    सूचना तथा सञ्चार, नविन सोच ।

     

  • प्रकाशित मिति बुधबार १९ पुस २०८० १२:३७ PM