Logo

छात्राहरुको भलिबलमा जनकल्याण मा. वि. विजेता, छात्र कवड्डीमा नासा कलेज र छात्रातर्फ पद्मकन्या प्रथम

छात्राहरुको भलिबलमा जनकल्याण मा. वि. विजेता, छात्र कवड्डीमा नासा कलेज र छात्रातर्फ पद्मकन्या प्रथम


पुस १९, काठमाडौँ ।

तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा छात्रा भलिबलतर्फ वडा नं. ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । आज कन्या माध्यमिक विद्यालय, न्होखामा फाइनल खेल भएको थियो । खेलमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो र कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाले तेस्रो स्थान हासिल गरे । खेलमा गीताञ्जली कलेजले सान्त्वाना स्थान हासिल गरेको छ । 

आज नै सम्पन्न कवड्डी खेलमा छात्रतर्फ नासा इन्टरनेशनल कलेज विजेता बनेको छ । खेलमा भानु माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्‍यो । खेलमा एक्स्पोडेल पब्लिक स्कूल र शान्ति विद्या मा. वि. ले तेस्रो स्थान हासिल गरेका छन् । 

कवड्डी छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले प्रथम, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरे । कन्या मन्दिर माध्यमिक विद्यालय र कोटदेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । 

पुस १७ गते दशरथ रङ्गशालामा उद्घाटन भएको खेल भोलि समापन हुनेछन् । पद्म कन्या मा. वि. डिल्लीबजारमा अन्तिम प्रतिस्पर्धासँगै शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको शिक्षा विभागले जनाएको छ । 

 

  • प्रकाशित मिति: बिहीबार १९ पुस २०८० १७:१६