वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
बालाजु जलाधार क्षेत्रबाट वार्षिक ३ करोड लिटर पानी जमिनमुनि पठाइने : प्रणाली निर्माण सम्पन्न
माघ ५, २०८०
काठमाडौँ
बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा प्रणाली विकास गरेको हो ।
रिचार्ज प्रणालीमा २१ वटा रिचार्ज इनार, २१ वटा रिचार्ज फिल्टरिङ् च्याम्वर, २ वटा पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र ७ वटा (९० फिट) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको बैशाख (२०८०) ९ गते सुरु गरिएको थियो । लागत ४३ लाख ६० हजार रुपैयाँ हो ।
निर्माण साझेदारले संयुक्त रुपमा आज प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् ।
परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक वहाव बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । ‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’
कार्यक्रममा बोल्दै वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ् इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने उल्लेख गर्नुभयो । यस्तै सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नविनविकास महर्जनले, पानी पुनःभरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्न थाल्ने बताउनुभयो ।
तीब्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।
परम्परागत रुपमा काठमाडौँबासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गर्थ्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्याधिक भूमिगत पानी दोहन हुन थाल्यो । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गयो । जलवायु परिवर्तनका कारण वर्षा हुने समय र प्रक्रिया परिवर्तन भयो । पछिल्ला बर्षाहरु छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिक रुपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।
यस अवस्थामा पानीको अभाव कम गराउन व्यक्ति व्यक्तिको तहमा पुनःभरणका विषयमा चिन्तन आवश्यक देखिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App