वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
निःशुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण
काठमाडौंँ । सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराउनुभएको छ । काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।
शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि निःशुल्क प्रदान गरिएको थियो ।
जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ । यसको प्रारम्भिक परीक्षण जटिल समस्या देखिएन । मास्केले जानकारी दिनुभयो ।
शिविर सञ्चालनका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र काठमाडौँ इएनटी अस्पताल, पुरानो बसपार्कले प्राविधिक सहयोग गरेका थिए ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App