वि.सं.: २०८२, पुस ११ शुक्रबार
इ.स.: 2025 December 26, FRIDAY
वि.सं.: २०८२, पुस ११ शुक्रबार
स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ ।
वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको, स्वास्थ्य निर्देशनालयले गएको साउन ७ गते पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो ।
यसका लागि विभागले फागुन १ गते (हिजो) ६० वटा संस्थालाई बोलाइएको थियो । जसमध्ये ४८ संस्था सहभागी भएर आफैँ प्रणाली चलाउन सक्ने भएका छन् । आज पनि ६० संस्थालाई बोलाइएको छ । एउटा समूहमा ३० जना राखेर २ समूहमा प्रशिक्षण दिँदै युजर नेम र पासवर्ड दिने गरिएको छ ।
स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यस अघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको हो । महर्जन भन्नुहुन्छ, ‘यसरी बुझाइएको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कबाट सहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ । यो तथ्यका
आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउँदा वास्तविक हुनेछ ।’ महानगरपालिकाले अस्पताल दर्ता तथा नविकरणलाई पनि अनलाइन प्रणालीमा आवद्ध गर्ने तयारी गरेको छ । लक्षित वर्गलाई उपलब्ध गराइने निःशुल्क उपचार प्रणालीलाई अनलाइनबाट उपलब्ध गराउने, नियमन र नियन्त्रण गर्न मिल्ने बनाइँदैछ । महर्जनले स्वास्थ्य सेवा व्यवस्थापन प्रणालीका विषयमा जानकारी दिनुभयो ।
विभागकी सिनियर अनमी निरीक्षक लक्ष्मी पौडेलकाअनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी, सामुदायिक अस्तापल, पोलि क्लिनिक र फार्मेसीसहित करिब ३ हजार स्वास्थ्य संस्था छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको संख्या करिब ७० वटा छन् । यसलाई अद्यावधिक गराएर वास्तविक संख्या एकिन गर्ने काम भइरहेको छ ।
एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति विरामीले स्वास्थ्य परीक्षण गराए, कुन कुन रोगको कति विरामीले उपचार गराए, उनीहरुको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिए जस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App