वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन - प्रमुख शाह
काठमाडौँ । लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गर्नुभएको छ । आज भिडियो सन्देशमार्फत उहाँले भन्नुभएको छ, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।’
प्रमुख शाहले दिनुभएको भिडियो सन्देश हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस् ।
‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक हुन् । पारदर्शी प्रणालीबाट हामी यसको कार्यान्वयनमा छौँ ।’ प्रमुख शाहले यसको गलत प्रयोग हुने अवस्थाप्रति संकेत गर्दै भन्नुभएको छ । ‘यदि कसैले झुटो विवरण पेश गरेर उपचार गरेको पाइए, उपचार गराउने (विरामी) र उपचार गरिदिने (अस्पताल) दुवैलाई कारवाही हुनेछ ।’
लक्षित वर्गको निःशुल्क उपचार सम्बन्धी थप जानकारी लिनका लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।
http://freehealth.kathmandu.gov.np/
लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसको कार्यान्वयनका लागि कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App