वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा क्षमता विकासको खाँचो
काठमाडौँ । स्वास्थ्य संस्थाहरुले फोहोर व्यवस्थापनका लागि क्षमता विकास गर्नु पर्ने खाँचो देखिएको छ । विहीबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको स्वास्थ्य संस्थाजन्य फोहोर अनुगमनको समीक्षा गर्दै यस्तो खाँचो देखाइएको हो ।
त्यस क्रममा बोल्दै डंगोलले भन्नुभयो, ‘अनुगमनका हरेक चरण, प्रक्रिया, निर्देशन तथा कारवाहीलाई कानुनले निर्देश गरेबमोजिम सञ्चालन गर्नु र अस्पतालहरुलाई कानुनले तोकेबमोजिमको व्यवस्था कार्यान्वयनमा उत्प्रेरित गर्नुपर्छ ।’
अहिलेसम्म २४ वटा अस्पतालबाट उत्पादन फोहोर व्यवस्थापनको अनुगमन भइसकेको छ । यसक्रममा एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइएको छ ।
फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृति अनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उपयुक्त प्रयोग नहुनु अस्पतालहरुमा देखिएका फोहोर व्यवस्थापनका साझा समस्या हुन् । समीक्षामा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी गराउनुभयो ।
अस्पतालहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेको भन्ने गरेका छन् । जसले स्वास्थ्य संगठनको मापदण्ड भन्छन्, उहाँहरुकै विचमा पनि समानता छैन । नेपाल सरकारले जारी गरेको मापदण्ड पालना भएको छैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App