वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
फोहोर संकलनमा रोक लगाइएका अस्पतालको संख्या १० पुग्यो : आज २ वटामा रोक
काठमाडौँ । संक्रमित फोहोर निसंक्रमण नगरिएकाकारण काठमाडौँ महानगरपषकिलाले फोहोर संकलनमा रोक लगाएको अस्पतालहरुको संख्या १० पुगेको छ । आज वडा नं. १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नं. १२ को बुद्धमाई अस्पतालको फोहोर संकलनमा रोक लगाएसँगै यस्ता अस्पतालको संख्या १० पुगेको हो । यस अघि महाराजगञ्ज - बसुन्धरा - सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलंकीको सहिद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर संकलन रोकिएको छ ।
स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा अहिलेसम्म देखिएको अवस्थाका विषयमा प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भन्नुभयो, ‘अस्पतालहरुको फोहोर संकलनमा रोक लगाउन नपरोस्, भन्ने हाम्रो चाहना हो । एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर संकट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरुको फोहोर संकलनमा रोक लगाएका छौँ । फोहोर रोक लगाइएका अस्पतालहरुलाई निर्देशनबमोजिम सुधार गर्न र अन्य अस्पतालहरुलाई प्रचलित मापदण्डबमोजिम काम गर्न (ताकि अस्पतालको फोहोर व्यवस्थापन चक्र नियमित होस् । यसबाट कोही कसैलाई प्रभाव नपरोस् ।) आग्रह गर्दछु ।’
आज सोल्टी मोडको स्पार्क हेल्थ होम अस्पताल, कालीमाटीको कालीमाटी चेस्ट अस्पताल र टेकुको वुद्धबारी अस्पतालको अनुगमन गरिएको थियो । यी अस्पतालहरु क्रमशः २४, २५ र १५ वेडका अस्पताल हुन् । हेल्थ होम फिजियोथेरापी सेवामा केन्द्रीत भएकोले कम हानीकारक फोहोर उत्पादन हुने देखियो । यस अस्पतालबाट उत्पादन हुने डाइपर व्यवस्थापन गर्न, फोहोरको मात्रा अभिलेखन गर्न, अक्युप्रेसरका लागि प्रयोग भएका सुइहरुको निर्मलीकरण गर्न निर्देशन दिइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो ।
कालीमाटी चेस्ट अस्पतालमा क्षयरोगका विरामीहरु उपचारका लागि आउने गरेका छन् । यहाँको प्रयोगशालामा पुग्ने नमूना र त्यहाँबाट उत्सर्जन हुने फोहोर निर्मलीकरणको पद्धति राम्रो देखियो । प्रयोगशाला जति राम्रो छ, अन्य स्थानबाट उत्पादन हुने फोहोरको वर्गीकरण, भण्डारण र निर्मलीकरण त्यत्तिकै अव्यवस्थित छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैया महर्जनले कन्टेनरमा मिश्रित फोहोर देखिएकोले संकलनमा रोक लगाइएको बताउनुभयो ।
टेकुमा रहेको वुद्धबारी अस्पतालको नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली छैन । भित्री कक्षहरुमा फोहोर हाल्ने बाल्टिन छैनन । सबै फोहोर फाल्न बाहिर राखिएका
बाल्टिनसम्म आइपुग्नु पर्ने अवस्था छ । वाहिर रंग संकेत अनुसारका बाल्टिन राखिएको छैन । अस्पतालका प्रमुख प्रशासकीय राजेश तण्डुकारले हानीकारक फोहोर प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताउनुभयो । उहाँबाट सूचना पाएलगत्तै वातावरण निरीक्षक श्रेष्ठले मोडेल अस्पतालकी नर्सिङ् प्रमुख राधिका घिमिरेलाई फोन सम्पर्क गर्दा घिमिरेले, फोहोर व्यवस्थापनका लागि आफूले कसैसँग सम्झौता नगरिएको बताउनुभयो ।
कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीमा हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताउनुभएको थियो ।
आजसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ ।
फोहोर वर्गीकरण गर्ने बाल्टिनहरुको रंग संकेत नमिल्नु, स्रोतमा फोहोर वर्गीकरण नगर्नु, बाल्टिनको फोहोर सुरक्षित ढुवानी र भण्डारण नहुनु, संक्रमित फोहोर निर्मलीकरण अगाडि नै वर्गीकरण गर्न, फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, तरल फोहोर प्रशोधन, प्रयोगशालाको फोहोर, अपरेशनपछिको फोहोर र म्याद सकिएको औषधिको व्यवस्थापनमा अस्पतालहरुमा देखिएका समान समस्या हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App