वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
जोखिमयुक्त फोहोर निर्मलीकरण : एकीकृत प्रणाली विकासमा सहकार्य हुने
काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार महानगरपालिकाकी
उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले, कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाबाट सहयोग हुने र यसबाट एकीकृत केन्द्र सञ्चालन सहकार्य गर्ने सहमति भएको हो ।
यही सहमतिका आधारमा स्थलगत अवलोकन गर्ने, डिजाइन र लागत इष्टिमेट तयार पार्ने तथा सहभागिता र सञ्चालन विधि तयार पारेर सम्झौता हुनेछ ।
बैठकमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘महानगरपालिकाले स्वास्थ्य प्रबर्धन केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रहरुबाट उत्पादन हुने हानीकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौँ । यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बिचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ ।’ स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको अनुगमन गर्ने क्रममा देखिएको अवस्थाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अस्पतालहरुबाट उत्पादन हुने सबै फोहोर हानीकारक हुँदैन । स्रोतमा सुरक्षित वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नु पर्ने देखिएको छ । अन्य फोहोरलार्य पुनःप्रयोग र पुनःचक्रिय प्रयोगमा ल्याउन सकिन्छ । यसमा एउटा एकीकृत अभ्यास गरौँ । यसको सफल अभ्यासलाई प्रबर्धन गरौँ ।’
बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताउनुभयो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अहिलेसम्म ५० वटा अस्पतालको फोहोर व्यवस्थापन आचरण तथा अभ्यासको अनुगमन सम्पन्न गरिसकेको छ । यसमध्ये मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमजोरी भेटिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो । यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनःअनुगमन गरिसकिएको छ ।
अनुगमनका क्रममा टोली मनमोहन अस्पताल पनि पुगेको थियो । अस्पतालले प्रशोधन प्लान्ट स्थापना गर्ने योजनामा सहकार्यको सम्भावना त्यही क्रममा देखिएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App