वि.सं.: २०८२, मंसिर २७ शनिबार
इ.स.: 2025 December 13,SATURDAY
वि.सं.: २०८२, मंसिर २७ शनिबार
‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई शिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ । यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको टिचिङ् हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा छ । उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी विक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधी पनि थिए ।
विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कामय राख्नुपर्छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो । यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीतको अवस्था हो ।
विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कारवाहीका लागि लेखेर पठाइएको यो पहिलो हो ।
औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० बर्षसम्म वा जरिवाना हुनेछ । यस्तै सरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । जरिवाना गर्दा बिगो वा १ लाख रुपैयाँमध्ये जन धेरै हुन्छ, त्यही जरिवाना हुनेछ । यसबाहेक ऐनमा लेखिएका अन्य व्यवस्थाको पालना नगर्नेलाई एक बर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App