लिपि संरक्षणका प्रयत्न
'लिपिको संरक्षण र करदाताको प्रोत्साहनका लागि हामीले परिचय पाटी प्रदान गरेका हौँ' - वडाध्यक्ष, महर्जन
‘यो मौलिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ ।’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन भन्नुहुन्छ, ‘रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरुमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरुपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।’
महर्जनका अनुसार वडाभित्र करिव ७ सय व्यावसायी हुनुहुन्छ । दर्ता र नियमित कर तिर्ने करदातालाई चरणवद्ध रुपमा परिचय पाटी वितरण गर्दै लगिनेछ ।