वि.सं.: २०८३, वैशाख २५ शुक्रबार
इ.स.: 2026 May 8, FRIDAY
वि.सं.: २०८३, वैशाख २५ शुक्रबार
'एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने यो सेवा नेपालकै पहिलो हो' - प्रवक्ता, मानन्धर
काठमाडौँ । ०१ ५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ । उनले भन्छिन्, ‘काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईँलाई आज कसरी सहयोग गर्न सक्छु?’ यति आवाज आएपछि बोल्ने पालो तपाईँको । तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ? त्यो बोलेपछि एआईले त्यसको जवाफ फकाउँछ ।
तपाईँले प्रश्न सोधेपछि उसले भन्नेछ, ‘एकछिन पर्खनोस्, म हजुरको प्रश्न वुझिरहेकी छु ।’
यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, ‘माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपाईँलाई हाम्रो एजेन्टसँग जोड्दैछु ।’ यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ ।
यो काठमाडौँ महानगरपालिका वडा नं. १७ ले सञ्चालनमा ल्याएको एआईमा आधारित कल सेन्टरको कुराकानी हो । वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआइ प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिने भएको हो ।
प्रणाली सञ्चालनका विषयमा कुरा गर्दै महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर भन्नुहुन्छ, ‘स्मार्ट वडा बनाउने क्रममा छौँ । सेवा सम्बन्धी सूचना दिनु आधारभूत कुरा हो । प्रक्रिया पनि अनलाइन प्रणालीमा आधारित बनाएर सर्भिस डेलिभरी टु होम कन्सेप्टमा अगाडि बढेका छौँ ।’
नागरिकता सम्बन्धी शिफारिसको विषयलाई उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘नागरिकता शिफारिसका लागि चाहिने कागजागत र प्रमाणका विषयमा सेवाग्राहीलाई जानकारी भयो भने सबै डकुमेन्ट लिएर आउनुहुन्छ । डकुमेन्ट के चाहिन्छ भन्ने वुझ्न थप एकपटक वडामा आइरहनु पर्दैन ।’
नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ । एक पटकमा १५ जनाले सम्पर्क गर्न सक्नुहुन्छ । अर्थात १५ जनाले एकै पटक फोन गर्दा जवाफ दिन सक्छ । ज्येष्ठ नागरिक भत्ता वितरण तथा वडाले प्रदान गर्ने अन्य सेवा सम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ । यसरी पठाएको सूचना कसले पढ्यो । कसले सुन्यो । सुनेको हो भने कति समय सुन्यो । जस्ता विवरण हेर्न सकिन्छ । यस्तै कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए? भन्ने तथ्याङक विश्लेषण गर्न सकिन्छ । यसरी सञ्चालनमा ल्याइएको कल सेन्टरले तत्काल गुनासो सन्ने मात्र होइन । भविष्यमा तर्जुमा गर्नु पर्ने नीति, योजना तथा कार्यक्रमका लागि पृष्ठपोषण पनि प्राप्त गर्न सकिन्छ ।
वडाले सुशासन प्रवर्धन गर्ने क्रममा वडा कार्यालय, इन्द्रायणी मन्दिर र ठँहिटी चोकमा एलइडी डिस्प्ले बोर्ड राखेको छ । वडामा चलिरहेका विशेष कार्यक्रम, स्वास्थ्य, शिक्षा र जानकारी यी वोर्डहरुमा हेर्न सकिन्छ । ठँहिटीको वोर्डमा पर्यटकका लागि चाहिने नक्सा पनि हेर्न सक्ने बनाइएको छ ।
वडाध्यक्ष एवं प्रवक्ता मानन्धर वडा कार्यालय प्रवेश गर्ने वित्तिकैको खुला ठाउँबाट सेवा दिनुहुन्छ । ढोकाकै मुखमा खुला ठाउँमा उहाँले एउटा टेवुल र केही कुर्सी राख्नुभएको छ । उहाँ आफू पनि त्यहीँ बस्नुहुन्छ । सेवाग्राहीलाई सकेसम्म बस्नै नपर्ने गरी तत्कालै सेवा दिएर पठाउनु हुन्छ । केही प्रक्रिया पुगेन र बस्नु पर्ने भयो भने कुर्सीको व्यवस्था गरिएको छ । उहाँबाट सेवा लिन कोही पनि सेवाग्राहीले माथिल्लो तलामा पुग्नै पर्दैन ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App