वि.सं.: २०८३, वैशाख २३ बुधबार
इ.स.: 2026 May 6,WEDNESDAY
वि.सं.: २०८३, वैशाख २३ बुधबार
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलवारबाट संयुक्त रुपमा वडा नं. ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखियो । यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उहाँहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भाग्नुभएको थियो ।
मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिनुभयो । ‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’ सहयोगापेक्षीसँग कुराकानी गरिसकेपछि उहाँले प्रतिक्रिया दिनुभयो ।
‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो । असहाय र वेवारिसेलाई मात्र आश्रममा राख्ने हो ।’ उहाँले उद्धार गरिएकाहरुसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिनुभएको थियो । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उहाँले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताउनुभयो ।
उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उद्धार हुनुभएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष हुनुहुन्छ । उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्ति हुनुहुन्छ । ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति हुनुहुन्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App