वि.सं.: २०८२, मंसिर १७ बुधबार
इ.स.: 2025 December 3,WEDNESDAY
वि.सं.: २०८२, मंसिर १७ बुधबार
कार्यपालिका निर्वाचन परिणाम घोषणा : कार्यपालिका सदस्य संख्या ४२
काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ । आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो । निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो ।
नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकातर्फबाट उम्मेदवार बन्नुभएका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गर्नुभएको छ । उहाँहरुको प्रतिस्पर्धामा रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।
निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य हुनुहुन्छ ।
निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App