वि.सं.: २०८३, जेठ २५ सोमबार
इ.स.: 2026 June 8,MONDAY
वि.सं.: २०८३, जेठ २५ सोमबार
प्रमुख शाहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा उहाँले शपथ गराउनुभएको हो । त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ । जेठ २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।
नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App