काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा सहयोग गर्न विभिन्न साझेदारसँग सहकार्य थालिएको छ । यस क्रममा फिल्म प्रदर्शन पार्टनरका रुपमा जय नेपाल सिनेमा, सवारी साधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि नेपालका लागि अमेरिकी दूताबास, अष्ट्रेलियन दूताबास, यूनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको छ ।
डिजिटल टिकेटिङ् पार्टनरका रुपमा हिमालय पेसँग सम्झौता भएको छ । दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हो । सिट रिजर्भका...