वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
माघ १३ गते कार्यवाहक प्रमुख डंगोलले ७ दिनभित्र विद्यालयमा डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि महानगरपालिकाबाट आफ्नै प्रणाली विकास गरिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयहरुलाई एकीकृत हाजिरी प्रणालीमा आवद्ध गराएको छ । यो प्रणालीमा महानगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरी हुनेछ । माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले ७ दिनभित्र विदालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई डिजिटल हाजिरी प्रणालीमा आवद्ध गराउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सबै सामुदायिक विद्यालयलाई प्रणालीमा जोडेका हुन् ।
यसअन्तर्गत सबै विद्यालयहरुलाई युजर नेम र पासवर्ड प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मा. वि., टंगाल मा. वि., गीतामाता मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., रत्नराज्य मा. वि., पद्मोदय मा. वि., जनपथ मा. वि. र विश्व निकेतन मा. वि. का शिक्षक र कर्मचारीको नाम डाटा इन्ट्री र फेस रिडिङ् भइसकेको छ । यस्तै विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ् प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
यो प्रणालीका लागि महानगरपालिकाका आन्तरिक जनशक्तिले काम गरेका छन् । यसले, महानगरपालिकाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ । प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ । यो तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना महानगरपालिकाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्नुहुन्छ, ‘महानगरपालिकाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नु पर्दैन । तथ्याङ्क प्राप्त गर्न अरुको भर पर्नु पर्दैन ।’
प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताउनुभयो । यो प्रणालीमा आवद्ध भइसकेपछि दिवा खाजा लगायत प्रति विद्यार्थीका आधारमा पठाइने अनुदानका लागि आधार तयार हुने खनालको भनाइ छ ।
यो प्रणाली व्यक्तिगत प्रोफाइल हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइनेछ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App