वि.सं.: २०८३, साउन २० बुधबार
इ.स.: 2026 August 5,WEDNESDAY
वि.सं.: २०८३, साउन २० बुधबार
विविधसहित १२ वटा प्रस्तावमा छलफल
काठमाडौँ । मुल सडकलाई आधार मानेर भित्री भवनहरुको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको मारका विषयमा मालपोत कार्यालयसँग समन्वय बैठक गरिने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज महानगरपालिकाको केन्द्रीय कार्यालय काठमाडौँ प्लाजामा बसेको ५५ औँ कार्यपालिका बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले विविध अन्तर्गत उठाउनु भएको प्रश्नको जवाफमा बैठकका अध्यक्ष डंगोलले, मालपोत कार्यालयसँगको समन्वय बैठकमा समाधान आएन भने कार्यपालिका अन्तर्गतका विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त रुपमा अध्ययन गरेर समाधान निकालिने बताउनुभयो ।
राजस्वको दरमा हेरफेर गर्दा दूरगामी असर पर्न सक्ने भएकोले, यस्ता शीर्षक अध्ययन नगरी हेरफेर गरिएको छैन । विगतको दररेट जे थियो, त्यही नै कायम गरिएको छ । अध्यक्ष डंगोलले, जानकारी दिनुभयो ।
वैठकमा विविधसहित १२ वटा प्रस्ताव थिए । बैठकमा प्रशासनतर्फका प्रस्ताव सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, सम्पदा तथा पर्यटन तर्फका प्रस्तावहरु सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, सामाजिक क्षेत्रका प्रस्ताव सामाजिक समितिका सदस्य सचिव समीक्षा निरौलाले, स्वास्थ्य तर्फका प्रस्ताव स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले, वातावरण क्षेत्रका प्रस्ताव वातावरण समितिका सदस्य सचिव सरिता राईले पेश गर्नुभएको थियो ।
वैठकले सहरी योजना आयोगका सदस्यहरुको नियुक्ति अनुमोदन गरेको छ । आयोगको सदस्यमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरीलाई नियुक्त गरिएको छ ।
बैठकले, नगर प्रहरी नायव उपरीक्षक शिवलाल पौडेल र पूर्णचन्द्र भट्टलाई नगर प्रहरी उपरीक्षकमा र नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायलाई नगर प्रहरी नायव उपरीक्षकमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । यस्तै करार सेवाका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय गरेको छ । यस्तै सामाजिक विकास विभाग अन्तर्गतको महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारी तोक्ने निर्णय गरेको छ ।
बैठकले बाइक एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौँ फिल्म फेस्टिभलको कार्ययोजना र अनुमानित बजेट स्वीकृत गरेको छ ।
भूमि समस्या समाधान समितिबाट प्राप्त पत्रका विषयमा बैठकमा लामो छलफल भएको थियो । यस विषयमा सुमन श्रेष्ठ, भुवन लामा, दलबहादुर कार्की, रामकुमार के. सी. ले धारणा राख्नुभएको थियो । अव्यवस्थित बसोबासीहरुको आवास तथा व्यवस्थापन, स्ववासी र बेनिस्साका जमिन व्यवस्थापनको विषयमा केन्द्रीत थियो । बैठकमा महानगरपालिकाका निर्देशक वसन्त आचार्यले, भूमि समस्या समाधानका लागि अहिलेसम्म भएका काम, समन्वय र कानुनी व्यवस्थापनका विषयमा स्पष्ट पार्नुभएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App