वि.सं.: २०८२, मंसिर १८ बिहीबार
इ.स.: 2025 December 4,THRUSDAY
वि.सं.: २०८२, मंसिर १८ बिहीबार
स्वास्थ्य प्रवर्धन केन्द्रप्रति महानगरबासीको विश्वाश कमाउँदै महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले वडास्तरीय स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुका लागि ७ दिने तालिम सम्पन्न गरेको छ । स्वच्छ र सफा प्रयोगशाला, साधन तथा उपकरणहरुको उचित भण्डारण, विरामीहरुबाट नमूना लिने प्रक्रिया, लिएका नमूनाहरुको परीक्षण, रिपोर्ट निर्माण लगायतका काममा गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य विभागले गुणस्तर मापदण्ड सम्बन्धी तालिम प्रदान गरेको हो ।
महानगरपालिकाले सबै वडा (३२ वटा)मा स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरुमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य सेवाको परीक्षण गरिन्छ ।
तालिममा जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना संकलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना संकलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानीकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्ति बिचको आपसी सम्बन्ध लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास गराइएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थलगत अवलोकन गराइएको थियो ।
यी विषयहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला र राष्ट्रिय क्षयरोग केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणपछिको मूल्याङ्कनमा प्रशिक्षार्थीहरुको न्यूनतम ९० अङ्क प्राप्त भएको थियो । पूर्वमूल्याङ्कनमा १५ अङ्कसम्म प्राप्त गरेकोमा प्रशिक्षणपछिको अङ्कले तालिमको महत्व दर्शाएको प्रशिक्षक शंकर शाहीले बताउनुभयो ।
पहिलो चरणको प्रशिक्षण समापनका क्रममा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले, स्वास्थ्य प्रवर्धन केन्द्र र प्रयोगशाला दुवै क्षेत्रको पूर्वाधार, स्रोत, साधन तथा उपकरण थप्दै लैजाने योजना रहेको बताउँदै अहिलेको उपलब्धतालाई उच्चतम र गुणस्तरीय उपयोग गर्न आग्रह गर्नुभयो । मेडिकल अधिकृत डा. दिवश न्यौपानेले, भरोसा योग्य र गुणस्तरीय स्वास्थ्य सेवाका लागि विरामी परीक्षण गर्ने डाक्टर र विरामीको अवस्था परीक्षण गर्ने प्रयोगशालाको आपसी सम्बन्ध आवश्यक रहेको बताउँदै महानगरपालिकाले दुवै पक्षलाई समान महत्व दिइएको धारणा राख्नुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गुण नियन्त्रण शाखा प्रमुख डा. सुविधा तिवारीले, महानगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्य प्रयोगशालाको गुणस्तर कायम गराउन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । महानगरपालिकाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलले महानगरपालिकाका प्रयोगशालाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निगरानी प्रणालीमा आवद्ध गराएर गुणस्तर मापनलाई नियमितता दिइने बताउनुभयो ।
परीक्षणमा प्रयोग गरिने वस्तु तथा साधनको गुणस्तरीयता लागि खरिद प्रक्रियामा ध्यान दिनु पर्ने वरिष्ठ कविराज निरीक्षक ज्ञानुबहादुर ओलीको भनाइ थियो भने वरिष्ठ अहेव कमल भट्टराईले, गुणस्तरीय नतिजाका लागि साधन तथा उपकरणको उचित भण्डारण व्यवस्थापनमा जोड दिनुभयो ।
प्रशिक्षार्थीहरु प्रिजा श्रेष्ठ र यम राउतले सानासाना तर व्यवहारिक विषयमा ज्ञान प्राप्त भएको बताउँदै तालिम लिनुअघिको भन्दा अहिले सेवामा थप आत्मविश्बाश रहेको प्रतिक्रिया दिनुभयो ।
विज्ञको विज्ञता र वडासँगको समन्वयमा नागरिकले विश्वाश गर्न सक्ने स्वास्थ्य सेवा प्रवाहमा वक्ताहरुको जोड थियो ।
महानगरपालिकामा अहिले ३५ जना ल्याब टेक्निसियन हुनुहुन्छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App