वि.सं.: २०८३, साउन २० बुधबार
इ.स.: 2026 August 5,WEDNESDAY
वि.सं.: २०८३, साउन २० बुधबार
' नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व स्मरणीय छ' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त हुनुभएको छ । गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गर्नुभएको थियो । उमेरका कारण आजदेखि उहाँ अनिवार्य अवकाशमा जानुभएको हो ।
महानगरपालिकाले आज उहाँलाई विदाइ गरेको छ । विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । विदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गर्नुभएको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताउनुभयो ।
‘पद अस्थायी हो । सेवा स्थायी हो ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘पदीय दायित्व सकिए पनि सेवा सकिँदैन । सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ ।’
काठमाडौँ महानगरपालिकाको इतिहासमा उहाँ (गुरागाईँ) नै प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त पहिलो अधिकारी हुनुहुन्छ । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘महानगरपालिकाको संस्थागत विकासका लागि यहाँको ज्ञान, सिप र अनुभव काम लाग्छ । यहाँबाट त्यसप्रकारको सेवाको अपेक्षा गरेका छौँ ।’
विदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौँ महानगरपालिकामा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताउनुभयो । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वभाविक हुन् । मैले सहज रुपमा लिएको छु ।’ उहाँको भनाइ थियो ।
२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गर्नुभएका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय सेवामा वित्यो । त्यस क्रममा उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गर्नुभयो ।
काठमाडौँ महानगरपालिका आउनु अघिका करिब ७ वर्ष उहाँले उद्योग मन्त्रालय अन्तर्गतको सेवा गर्नुभयो । महानगरपालिका आउनु अघि पनि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले करिब ४ महिना गृह मन्त्रालयको सेवा अन्तर्गत प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्नुभएको छ ।
२०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त हुनु भएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App