वि.सं.: २०८३, साउन २० बुधबार
इ.स.: 2026 August 5,WEDNESDAY
वि.सं.: २०८३, साउन २० बुधबार
'समय अनुकुल वा प्रतिकुल हुन सक्छ, संगठन र पदीय जिम्मेवारीप्रति उत्तरदायी रहनू' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । नगर प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट र नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति हुनुभएका रामेश्वर उपाध्यायलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । काठमाडौँ प्लाजामा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले उहाँहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
हिजो (साउन १९) बसेको ५५ औँ कार्यपालिका बैठकले उहाँहरुलाई माथिल्लो दर्जामा कायममुकायम मुकरर गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह प्रदान समारोहमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘दर्ज्यानी चिन्ह प्राप्त गर्दा अनुहारमा देखिने उर्जा, नगर प्रहरीहरुमा सँधै देखिनु पर्छ । किनभने, महानगरपालिकाको छवि महानगर प्रहरीकोा अनुहारमा देखिन्छ ।’ उहाँले नगर प्रहरीलाई मानवीय संवेदना र मानव अधिकारप्रति वफादार रहन निर्देशन दिँदै भन्नुभयो, ‘प्रहरी सेवामा काम गर्दा कहिले अनुकुलतामा र कहिले प्रतिकुलतामा काम गर्नुपर्छ । यी जुनसुकै परिस्थिति हुन्, उच्च मनोवलका साथ उत्तरदायित्वप्रति सदैव प्रतिवद्ध हुनुपर्छ । कानुन कार्यान्वयनमा कडा र नागरिकसँगको व्यवहारमा नरम हुनुहोला । विवाद गरेर होइन, नागरिकको मन जितेर सेवा गर्नुहोला ।’
प्रहरीको वृत्ति विकास र क्षमता विकासमा कार्यालयले ध्यान दिनेछ । तपाईँहरु सेवा र व्यवस्थापनमा ध्यान दिनोस् । उहाँको भनाइ थियो ।
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, नगर प्रहरी सेवामा तह अनुसारका अधिकारीहरुको नियुक्ति गर्न पदपूर्ति समिति गठन भइसकेको बताउँदै वृत्ति विकासको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । ‘जनसरोकारका मुद्दामा काम गर्ने महानगरपालिकाको अभिन्न अंगका रुपमा बलको छवि कायम राख्नुहोला ।’ गुरागाईँको भनाइ थियो । यस्तै सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिभन्दा अगाडि जनताकोमा पुग्ने गरेको अवस्थाबाट प्राप्त विश्वाश कायम राख्ने गरी काम गर्न आग्रह गर्नुभयो । ‘यहाँहरुको मनोबलबाट महानगरपालिकाले सहरी व्यवस्थापन र नागरिकका कठिनाइमा सहयोग गर्न सक्छ । यसलाई कायम राख्नुहोला ।’
सुशोभन अवसरमा वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी, वडा नं. १० का सदस्य सतिश तण्डुकार, विभागीय प्रमुखहरु र नगर प्रहरी अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App