वि.सं.: २०८२, मंसिर २८ आइतबार
इ.स.: 2025 December 14,SUNDAY
वि.सं.: २०८२, मंसिर २८ आइतबार
रचनात्मक सहर सञ्जालका कार्यक्रममा सहकार्य हुन सक्छ – उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि वेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । उपप्रमुख डंगोलको कार्यकक्षमा भएको भेटका क्रममा, युवाहरुलाई विकास र व्यवस्थापनमा सहभागी गराउने रचनात्मक क्रियाकलापका विषयमा कुराकानी भएको थियो ।
कुराकानीका क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘रचनात्मक सहर सञ्जालमा काठमाडौँको विधा चलचित्र हो । यस विधाबाट सिर्जनामा काम गर्ने युवाहरुलाई सरकारका कार्यक्रमसँग सिधै जोड्न सकिन्छ ।’ त्यस क्रममा राजदूतका जिज्ञासाहरुमा उहाँले, शिक्षामा सिप, बुक फ्री फ्राइडे, एक वडा एक उद्यम, टुँडिखेलमा सम्पन्न भएको सिप मेलालगायत कामका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले, वेलायतमा आयोजना भएको वुमन्स अफ वल्र्ड फेस्टिभलमा आफ्ना अनुभव सुनाउँदै कार्यक्रमगत रुपमा आपसी सम्बन्ध बलियो भएको उल्लेख गर्नुभयो ।
काठमाडौँले वुमन्स अफ द वल्र्ड (वाउ) फेस्टिभल आयोजना गर्ने तयारी गरिरहेको बताउँदै उहाँले, राजदूतलाई फेस्टिभल र इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्नुभयो ।
नेपाली चलचित्रहरुको अन्तरराष्ट्रिय बजारमा राम्रो छवि छ । कुराकानी क्रममा राजदूत फेनले भन्नुभयो, ‘नेपाल सँधैका लागि राम्रो (वेस्ट फर इभर) ठाउँ हो । यहाँको संस्कृति र प्रकृति रचनात्मक सहरको प्रवर्धनका लागि कन्टेन्ट (विषयवस्तु) हुन् । यसमा हामी सँगै काम गर्न चाहन्छौँ ।’
चलचित्र विधाबाट युवाहरुलाई प्राविधिक र सिर्जनात्मक क्षेत्रमा जोड्न सकिने बताउँदै राजदूत फेनले, युवाहरुलाई स्वयमसेवकका रुपमा कार्यक्रममा सहभागी गराएर विकासका अन्तरपक्षमा अभ्यस्त गराउने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुन्छ ।
भेटका क्रममा चलचित्र कार्यशाला, चलचित्र प्रदर्शनी, चलचित्र महोत्सव, चलचित्र शिखर सम्मेलन, चलचित्र शिक्षण, अनुशिक्षण र प्रशिक्षणलगायतका क्रियाकलापलाई आपसी आयोजनामा सञ्चालन गर्ने सकिने सम्भावित कार्यक्रमका रुपमा छलफल गरिएको थियो । शिक्षा प्रणालीको आपसी बुझाइका लागि विद्यालय र विश्वविद्यालय स्तरका विद्यार्थी तथा शिक्षक, प्राध्यापकहरुको अवलोकन भ्रमणजस्ता संस्थागत कार्यक्रम, समुदाय स्तरमा हुने मौलिक र परम्परागत शिक्षण अभ्यास (गुथिहरुले प्रशिक्षण गर्ने बाद्यवादन, गायन, श्रृङ्गार) जस्ता जनस्तरमा हुने कार्यक्रम आदानप्रदान गर्न सकिने विषय विषय उठान भएका थिए ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App