वि.सं.: २०८३, जेठ २६ मंगलबार
इ.स.: 2026 June 9,TUESDAY
वि.सं.: २०८३, जेठ २६ मंगलबार
नेपाल भाषाको बाल विकास तथा पूर्व प्राथमिक तहका पाठयक्रम स्वीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर सभाको १९ औँ अधिवेशन जेठ ३१ गते आइतबार विहान ११ बजेका लागि आव्हान गरेको छ । आज काठमाडौँ प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले नगर सभाको बैठक मिति तय गरेको हो ।
वैठकले नेपाल भाषाको बालविकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको संयोजकत्वमा गठन भएको नेपाल भाषाको पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन गरिएको हो । जेठ ४ गते बसेको समितिको वैठकले शिक्षा तथा स्वास्थ्य समिति संशोधन पेश गरेको थियो । शिक्षा तथा स्वास्थ्य समितिले जेठ २५ गते बैठक बसेर नेपाल भाषाको स्थानीय विषय नेपालभाषा, बालविकास तथा पूर्व प्राथमिक तहको पाठक्रम स्वीकृतको लागि कार्यपालिका समक्ष प्रस्ताव पेश गर्ने निर्णय भएको थियो । समितिका तर्फबाट वैठकमा प्रस्ताव पेश गर्दै शिक्षा अधिकारी नमराज ढकालले, काठमाडौं महानगरपालिकाको नेपाल भाषा, स्थानीय विषय, नेपाल भाषाको बालविकास तथा पूर्व प्राथमिक तहको पाठक्रम स्वीकृत गर्न पेश गरिएको बताउनुभयो ।
वैठकमा सामाजिक समितिका संयोजक रामकुमार के. सी., सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, विधायन समितिका संयोजक मचाराजा महर्जनले र वडा नं. ६ का अध्यक्ष भुवन लामाले सुकुम्बारी तथा स्वबासी व्यवस्थापनका विषयमा आ–आफ्ना वडाको समस्यालाई प्रतिनिधि घटनाका रुपमा बिम्बित गर्दै सहजीकरण समिति गठन गर्ने, स्वबासीलाई सुकुम्बासीको व्यवहार गरिएकोले यसलाई सच्याउनु पर्ने, स्वबासी भएर पनि सम्पत्ति नभएका व्यक्ति तथा परिवारको पनि विवरण संकलन गर्नु पर्ने धारणा राख्नुभयो ।
सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनलाई सहयोग गर्ने परिवार सरकारबाटै पीडित भएकोले यसलाई सच्याउन नेपाल सरकारसँग माग गर्नुभयो । त्यहाँका बासिन्दा सुकुम्बासी थिएनन् । होइनन् र छैनन् । संगतले यो विषयमा कार्यवाहक प्रमुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन कार्यपालिका सदस्यहरुबाट ऐक्यवद्धता माग गर्नुभएपछि सदस्यहरुले ताली बजाएर ऐक्यवद्धता जनाउनुभएको थियो । विधायन समितिका संयोजक महर्जनले, स्वबासीको तथ्याङक संकलन कार्य तत्काल गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
सुकुम्बासीको व्यवस्थापनका विषयमा र यस अघिका समस्या समाधानका विषयमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले अध्ययनको काम गरिरहेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, टोलीलाई दिइएको १५ कार्य दिनको अवधिपछि प्राप्त हुने प्रतिवेदनले धेरै समस्याको समाधानको बाटो दिने अपेक्षा गर्नुभयो ।
विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, सामाखुशी नदी किनाराको मापदण्ड कार्यान्वयनका क्रममा निजी सम्पत्ति सडकलाई दिने परिवारलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने प्रस्ताव उठाउनुभएको थियो । घर नक्सा सम्बन्धी कानुनी व्यवस्था परिमार्जन र भवन अभिलेखन कार्यको निरन्तरतामा उहाँको जोड थियो । यस्तै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले, काठमाडौँ भ्यु टावर निर्माणका सम्बन्धमा भएका कानुनी तथा प्रशासनिक प्रक्रियाका विषयमा कार्यपालिकामा छलफल गर्नुपर्ने, संविधानले स्थानीय सरकारलाई दिएको वहाल कर उठाउने अधिकार निर्वाध प्रयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले, विहान ९ बजे नै हाजिर गर्नुपर्ने, ९ बजेर १ मिनेटमा कर्मचारी कार्यालय पुग्दा गयल हुने प्रणाली राम्रो भए पनि व्यवहारिक नभएकोले सच्याउन माग गर्नुभयो ।
यसरी उठेका सवालहरुमा राजस्व विभागका प्रमुख दिपक अधिकारीले, वहाल कर संकलनका लागि देखिएको कानुनी व्यवधान र निर्देशक वसन्त आचार्यले, कानुनी प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।









निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App