वि.सं.: २०८२, कात्तिक २२ शनिबार
इ.स.: 2025 November 8,SATURDAY
वि.सं.: २०८२, कात्तिक २२ शनिबार
आजबाट काठमाडौँमा छुट्टिएको फोहोर मात्र संकलन
काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ । यसका लागि फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारी साधनमा मात्र फोहोर दिन अनुरोध गर्दै आएको थियो ।
कार्यक्रमका बारेमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘यो गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ । फोहोर छुट््याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ । वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ ।’ प्रमुख व्यवहारका कारण फोहोर व्यवस्थापन असहज भएको प्रसङ्ग उल्लेख गर्दै थप्नुहुन्छ, ‘हामीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकीय जीवन भोगिरहेका छन । यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो । अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाँडोमा संकलन गरिदिनुहोला । तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ ।’
‘हामीलाई यो पनि थाहा छ कि एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरुलाई बेग्ला बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ । तर तत्कालका लागि तपाईहरुको जस्तै महानगरको पनि सीमितता छन ।’ साँघुरा कोठामा जीवन यापन गर्ने परिवारप्रति लक्षित गर्दै प्रमुख शाहले, यसप्रकारका सहजताका लागि महानगरले प्रयास गर्ने बताउनुभएको छ । ‘अहिले जे जति स्रोत र साधनहरु छन, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ ।’ उहाँको आग्रह छ ।
आज भित्री सहरी क्षेत्रबाट निकालिएको फोहोर कुहिने प्रकृतिको थियो । घरमा प्लाष्टिकमा राख्ने गरिएकोले कुहिने फोहोर प्लाष्टिकको पोकोमा निकालियो । फोहोरको यो प्रकृति देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरुले कुहिने फोहोर ल्याउँदा प्लाष्टिकमा पोको नपार्न आग्रह गरेका थिए ।
महानगरले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर २ वटा रुट बनाएको छ । पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ । दोस्रो रुटमा सोमबार र विहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । यसरी हप्ताको ४ दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको छ । संकलन गरिएको फोहोर प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पु¥याइनेछ । यसरी लगिएको फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ ।
आजबाट कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न लागिएको हो ।
ऐनमा फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
जैविक फोहोरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ । महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग¥यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App