वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
आपसी सम्बन्ध र सौहाद्र्रताका लागि प्रतियोगिता आयोजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २० ले छिमेकी वडास्तरीय टेवुलटेनिस प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा वडा नम्बर १२, १९, २०, २१, २३ र २४ वडाबाट खेलाडी सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगितामा वडा नम्बर २० का सार्थक मानन्धरले पहिलो स्थान प्राप्त गर्नुभयो । यस्तै वडा नम्बर २१ का अमिताब शाक्यले दोस्रो, वडा २१ कै निरेश डंगोल र रुपेश शाक्यले तेस्रो स्थान हासिल गर्नुभयो । यही वडाका सबिक डंगोलले फेयर प्लेयरको उपाधि प्राप्त गर्नुभएको वडा सदस्य एवं खेलका संयोजक रसेल श्रेष्ठले जानकारी दिनुभयो ।
विजेतालाई मेडल, ट्रफीसहित प्रमाण पत्र र नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । यस्तै दोस्रो स्थान हासिल गर्नेलाई नगद ५ हजार रुपैयाँ, तेस्रो हुनेलाई जनही ३ हजार रुपैयाँ र फेयर खेलाडीलाई २ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसरी आयोजना गरिने खेलले वडाबासीहरुका बिचमा सामाजिक सम्बन्ध स्थापित हुँदै जाने वडाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । कार्यक्रममा बोल्दै महिला नेतृ सिर्जना सिंहले, आपसी सम्बन्ध हराउँदै गएको वर्तमान सन्दर्भमा यस प्रकारका खेल आयोजनालाई संख्यात्मक रुपमा वृद्धि गर्नु पर्ने धारणा राख्नुभयो ।
श्रेष्ठका युवाहरुलाई सवारी चालक प्रशिक्षण अनुसार महिलाहरुका लागि नृत्य प्रशिक्षण, युवाहरुका लागि १ महिने गिटार कक्षा सम्पन्न हुँदैछ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App