वि.सं.: २०८२, कात्तिक २२ शनिबार
इ.स.: 2025 November 8,SATURDAY
वि.सं.: २०८२, कात्तिक २२ शनिबार
परम्परागत गुठीगहनालाई हेर्ने महानगरको दृष्टि समान छ - प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले धार्मिक तथा सांस्कृतिक समुदायलाई जातका आधारमा भेदभाव नगरिने बताउनु भएको छ । आज नेपाल खड्गी सेवा समितिको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनु भएको हो । महानगरको सभा कक्षमा समितिका अध्यक्ष अन्जिता खड्गीले प्रमुख शाहलाई ६ बुँदे ज्ञापन पत्र बुझाउनु भएको थियो । त्यस क्रममा प्रमुख शाहले भन्नुभयो, 'बाजागाजा, भाषा, संस्कृति र्सम्पदा बचाउने नीतिअन्तर्गत हामी काम गरिरहेका छौँ । म आफैँ पनि विभिन्न बाजा बजाउँछु । बाजागाजा, कला र कलाकार बचाउन मेरो प्रयास सधैँ रहनेछ ।'
जात्रा, पर्व तथा सामाजिक गतिविधिका लागि दिइने अनुदानका बिषयमा कुरा गर्दै उहाँले भन्नुभयो, 'यसका लागि हामी प्रणाली बनाउँछौँ । जुन प्रणालीलाई ब्यक्ति परिवर्तनले फरक नपरोस् ।'
त्यस क्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, 'नेवार समुदायभित्रको सांस्कृतिक विविधता काठमाडौँको सौन्दर्य हो । पहिचान हो । यसलाई जोगाउन महानगरले सबै गुठी गहनालाई समान व्यवहार गर्छ ।' उहाँले त्यस क्रममा सामाजिक सद्भाव बचाउन सबै पक्षबाट सहयोगको अपेक्षा गर्नुभयो । हरेक समुदायलाई हामी समान दृष्टिले हेर्छौँ । सबैको महत्वलाई मनन गरेर कार्यक्रमहरुका सन्दर्भमा आन्तरिक छलफल गर्छौँ ।
गएको बर्ष विविध कारणले गुठीहरुले प्राप्त गर्न नसकेको सहयोग महानगरले आर्थिक बर्ष २०७९/०८० मा उपलब्ध गराउनेछ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
बर्षौँदेखि समुदायले चलाउँदै आएका गुठीगहना, जात्रा तथा पर्व बचाउन महानगर सहयोग थप्दै जानुपर्ने समितिका संरक्षक मनोज नेवा:खड्गीको भनाई थियो ।
नेवार समुदाय आपसमा मिलेर बसेका छन् । जात्रा पर्वका कामहरु आपसमा बाँडिएका हुन्छन् । समितिका अध्यक्ष खड्गीले भन्नुभयो, 'महानगरले सबैलाई समान सहयोग गर्यो भने मात्र परम्परा धानिन्छ । नत्र परम्पराका अङ्गहरु छुट्दै जान्छन् । त्यो अवस्थालाई महानगरले बचाउनु पर्छ ।'
खड्गी समुदायका ३२ वटा गुठी र नाय खिँ बाजा खलका थकाली र गुरुहरुको प्रतिनिधित्व थियो ।
तस्विर : बिनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App