वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
गुँला पर्व ज्ञानको सङ्गम, संगीतप्रधान संस्कृति — प्रमुख शाह
काठमाडौ । गुँला पर्व ज्ञान र संगीतको संगम भएको बताउँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बौद्धमार्गी परिवारमा यसको विशेष उल्लास हुने धारणा राख्नुभएको छ । गुँला पर्वको शुभकामना सन्देश दिँदै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।
काठमाडौँ उपत्यकालगायत नेवार समुदायको वाहुल्यता रहेको ठाउँमा पर्व मनाइन्छ । तीमध्ये पनि बौद्धमार्गीका लागि आत्मिक र चिन्तनगत रूपमा महत्व छ । प्रमुख शाह भन्नुहुन्छ, ‘भगवान बुद्ध तथा उहाँका अनुयायीहरू दिव्य प्रवचन र ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मान्ने गरिन्छ । यस्ता मौलिकता बचाउन महानगरले निरन्तर काम गर्नेछ ।’
धार्मिक स्थलहरुको परिक्रमा गर्ने, गुंला विशेष सङ्गीत श्रवण गर्ने पर्वका विशेषता हुन् । बहीद्यः स्वःवनेगु नेवार सस्कृतिका अनन्य पाटा हुन् । जहाँ अघिअघि बाजा अनि सङ्गीत, पछि पछि भक्तजनहरू हुन्छन् ।
महानगरभित्रका गुँला बाजा खलहरु
१) कसाः तःधं गुथि, जनबहाल
२) चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद
३) असं बाज गुथि, असन
४) स्वयम्भू गंला बाजँ खलः स्वयम्भू
५) केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल
६) तेबहाः गुंला बाजं खलः, तेबहाल
७) ओम बहाः गुंला बाजं खलः, ओमबहाल
८) थँहिति मानन्धर गुथि, थँहिति
९) न्यागमणि फेदी धाः बाजं खलः, बालाजु
१०) रत्नमण्डल महाबिहार सवं संघ, नघः
११) पाक्व पख्द्यां मानन्धर सना खलः, पाको
१२) लाय्कुसाः मानन्धर समाज, लाय्कुसा
१३) कीर्ति पुण्य महाबिहार, क्वहिति
१४) ङत गुंला बाजं खलः, नरदेवी
१५) मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः
१६) कीर्तिपुण्य महाबिहार, लगन
१७) ताम्राकार गुंला बाजं खल, मरु
१८) धर्मचक्र महाबिहार बाजं खलः, वँतु
१९) त्यंघः कुमाः बाजं खलः, त्यघंः
२०) भिंद्य गुथि, कालिमाटी
२१) दैसाः त्वाः मानन्धर समाज, दैसा
२२) चारुमती गुंला बाजं खल, चावहिल
२३) जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी
काठमाडौँ महानगरभित्र भएका यी २३ वटा गुँला बाजा खलमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् । २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् । यस क्रममा टोलबाट आउने जाने बाटोमा पर्ने देवी देवताका स्थलहरुको परिक्रमा गर्ने गरिन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App