वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
वसन्तपुर जानु अघि नरःदे (हाँडीगाउँ)बाट सांस्कृतिक र्याली
काठमाडौँ, मंसिर १९ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ज्यापू दिवस सहअस्तित्वमा आधारित पहिचान र समृद्धिको सन्देश दिने पर्व भएको बताउनुभएको छ । २२ औँ ज्यापू दिवसका अवसरमा विहीबार वसन्तपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, पर्वले दिने सन्देशको मर्म ग्रहण गर्न आवश्यक रहेको बताउनुभयो ।
उद्यम र उद्यमीप्रति सम्मान गर्ने हाम्रो मौलिक पर्वमा मिठो मानेर खाने गरिएको यमरी केवल खानेकुरा मात्र नभइ ज्यापूहरुले प्रकृति र समृद्धिप्रति दर्शाउने समर्पण भावको प्रतीक भएको बताउँदै उहाँले, यो पर्व केवल परम्परा मात्र नभइ, पहिचान पनि भएको उल्लेख गर्नुभयो । माटोले प्रदान गरेको अन्नप्रति आभार प्रकट गरिने मौलिक परम्पराको महत्व प्रवर्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘झाँकी, बाद्यबादन, रहनसहन केवल क्रियाकलाप मात्र होइनन् । यी चालचलनभित्रको सामाजिक व्यवस्थापनको सुत्र बलियो छ ।’ डंगोलले पेशा र उद्यमको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘यस बर्ष फलेको धानबाट बनाइएको परिकार अन्नपूर्णलाई चढाउने परम्पराको दार्शनिक पक्ष ग्रहण गर्नुपर्छ । बर्षभरि नै अन्नको अभाव नहोस् भन्ने कामनालाई माटोसँग जोडेर हेर्ने परम्पराको सामाजिक सन्देश ग्रहण गर्नुपर्छ ।’
मूल समारोहमा प्रधानमन्त्री शुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा ज्यापू संस्कृतिको विकास र प्रवर्धनमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
वसन्तपुर जानु अघि नरःदे (हाँडीगाउँ)बाट सुरु भएको सांस्कृतिक र्यालीको उद्घाटन गर्नुभएको थियो । त्यस र्यालीमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, कार्यपालिका सदस्यहरु, ज्यापू संस्कृतिक विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहसहित पदाधिकारी, वडा ५ को सांस्कृतिक झाँकीको सहभागिता थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App