वि.सं.: २०८२, मंसिर १७ बुधबार
इ.स.: 2025 December 3,WEDNESDAY
वि.सं.: २०८२, मंसिर १७ बुधबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगको अपेक्षामा रहेका सडक मानव व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । मानव सेवा आश्रमका लागि प्रयोग हुने घर भाडा, मावन व्यवस्थापन तथा स्क्रिनिङ कार्यका सम्झौता भएको हो । उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समिक्षा निरौला र आश्रमका सहकोषाध्यक्ष सुमिरा लामा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । त्यस अवसरमा सामाजिक समितिका सदस्य महेश नेपाली, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेसहित पदाधिकारी हुनुहुन्थ्यो ।
सम्झौता अवसरमा उपप्रमुख डंगोलले, सडकमा सहयोगको अपेक्षा गरेर बस्ने मानिसहरुलाई मानवोचित बासस्थान र स्याहारको आवश्यकता भएकोले यो आवश्यकता पूरा गर्न आश्रमसँग सहकार्य गरिएको बताउनुभयो । सबै नागरिक सुरक्षा प्रदान गर्ने, आवश्यकताका आधारमा संरक्षण तथा हेरचाह प्रदान गर्नु पर्ने स्थानीय सरकारको दायित्व रहेको बताउँदै उहाँले, पारिवारिक पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, सडकमा भएका व्यक्तिहरुको वास्तविक जीवन र आवश्यकताका आधारमा वर्गीकरण गरेर आवश्यकताले देखाएको सहयोग उपलब्ध गराइने बताउनुभयो ।
विभिन्न कारणले घरबारविहिन भएर सडक किनारा, सार्वजनिक स्थल तथा खुला आकाशमुनि अति कष्टपूर्ण जीवनयापन गर्न बाध्य सडक आश्रित मानवलाई उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सडक मानवहरुको व्यवस्थापन एवं मानवता प्रवर्धनको विस्तार गर्न तथा प्रभावकारी बनाउन महानगरपालिकाले आश्रमलाई १ करोड रुपियाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकममा आश्रमले ३० प्रतिशत रकम थप गरेर काम गर्नेछ ।
यो रकम सहयोगापेक्षी मानव उद्धार र व्यवस्थापनका लागि मात्र खर्च हुनेछ । यसबाट आश्रमले महानगरपालिका क्षेत्रका सडकपेटी तथा खुल्ला क्षेत्रमा रहेका, भेटिएका सबै उमेर समूहका र सबै प्रकृतिका सहयोगापेक्षी मानवहरुको उद्धार गरेर खानपान, औषधी उपचार र बसोवासको व्यवस्थापन गर्नुपर्नेछ । मानव बसोबासका लागि प्रयोग गरिने घरको बहाल रकम सम्झौताबमोजिम हुने्छ । सहयोगापेक्षीहरुको व्यवस्थापन खर्च विल भर्पाइबमोजिम हुनेछ ।
हप्तामा एक पटक राती ८ बजेदेखि १० वजेसम्म महानगर प्रहरी र मानवसेवा आश्रमका अभियन्ता सहित हप्ताको उद्धार कार्य हुनेछ । यसमा महानगरपालिकाले नगर प्रहरी बलबाट जनशक्ति र सवारी साधन उपलब्ध गराउनेछ ।
उद्धार गरिएका व्यक्तिहरुको फोटोसहितको विवरण महानगरपालिका र नजिकको प्रहरीमा बुझाउनु पर्नेछ । उद्धारबाट ल्याइएका व्यक्तिहरुलाई उमेर समूह अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको क्यालोरीमा आधारित पोषण प्याकेज उपलब्ध गराउनु पर्नेछ । आश्रमले उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुनर्मिलन गराउँदा महानगरपालिका, स्थानीय, सुरक्षाकर्मीको रोहबरमा बुझाउनु पर्नेछ ।
सम्झौताको अवधि २०८३ असार मसान्तसम्मका लागि हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App