वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
वडा नम्बर १७ बाट सेल्फ मेकअप (श्रृङ्गार) तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, तालिमबाट प्राप्त व्यक्तित्वलाई आत्मनिर्भरता बढाउन प्रयोग गर्नु पर्ने बताउनुभएको छ । वडाले सेल्फ मेकअप (श्रृङ्गार) का लागि प्रदान गरेको तालिम समापन गर्दै उहाँले, मुहार र मुहारबाट प्रकट हुने व्यक्तित्वको मूल्य अतुलनीय हुने बताउँदै यस कलाले पारिवारिक तथा सामाजिक सम्बन्धलाई आत्मीय बनाउने धारणा राख्नुभयो ।
सामाजिक विकासका लागि वडाका योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘हामी महिलाहरुका लागि मोटरसाइकल तालिम प्रदान गर्दैछौँ । यसका लागि ९० जनाको आवेदन आइसकेको छ । फोहर वर्गीकरणमार्फत घर र वातावरणीय स्वच्छता वृद्धि गर्ने, कार्यालयहरुमा काम गर्नका लागि प्रस्ताव लेखन, नृत्य लगायतका प्रशिक्षण सञ्चालन गर्दैछौँ ।’ यसरी प्रदान गरिने तालिमबाट व्यक्तिमा आत्मविश्वास बढाउने र सहरको सामाजिक विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो । उहाँको भनाइ थियो ।
त्यस क्रममा नेपाली कांग्रेसकी महिला नेतृ सिर्जना सिंहले, सौन्दर्य कला भएका महिला स्वदेश तथा विदेश जहाँ पनि आत्मनिर्भर हुन सक्ने धारणा राख्दै प्राप्त सिपको प्रयोग र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिमका संयोजक एवं वडा सदस्य कमला महर्जनले, तालिम लिएकाहरुले पार्लर खोलेर व्यवसाय नगरे पनि आफ्नो पार्लरको खर्च बचाए भने पनि पारिवारिक खर्चमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँका अनुसार सौन्दर्य कला हो, उत्ताउलोपन होइन । वडा सदस्य कविता दास भन्नुहुन्छ, सन्तुलित सामाजिक विकासका लागि महिला लक्षित कार्यक्रमले नतिजा प्रदान गरिरहेका छन् । समतामूलक समाजका लागि यो महत्वपूर्ण उपलब्धी हो ।
प्रशिक्षक अनिता महर्जनले, प्रशिक्षार्थीहरुका व्यवहारमा परिवर्तन आएकोले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार ७ दिनको तालिममा श्रृङ्गारका लागि आवश्यक पर्ने सामानहरुको चिनारी र प्रयोग गर्ने तरिका, सिम्पल मेक अप, पार्टी मेकअप, स्मोकी आइ मेकअप, हाफ कट क्रिज मेकअप, वेहुली मेकअपका सैद्धान्तिक ज्ञान प्रदान गर्दै अभ्यास गराइएको थियो । एकजना महिला आफू र आफ्ना परिवारका लागि मेक अप गर्दा मासिक २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बचत हुन सक्ने प्रशिक्षकहरुको भनाइ छ ।
जेमिनी युनिसेक्स सलोन एण्ड मेकअप स्टूडियोको प्राविधिक सहयोगमा २ चरणमा२ चरणमा वडाले सञ्चालन गरेको तालिममा ४० जनाले प्रशिक्षण लिनुभएको छ । पहिलो चरणको तालिम बैशाख ७ गतेदेखि र दोस्रो चरणको तालिम त्यही महिनाको १९ गतेदेखि सुरु गरिएको थियो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App