वि.सं.: २०८३, असर ४ बिहीबार
इ.स.: 2026 June 18,THRUSDAY
वि.सं.: २०८३, असर ४ बिहीबार
'प्राचीन इतिहासदेखि आधुनिक विकाससम्मका आयामलाई जोड्ने प्रयास गरेका छौँ' - वडाध्यक्ष महर्जन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले जेठ २ गते शनिवार २२ वडा महोत्सव आयोजना गर्ने भएको छ । त्यस दिन विहान साढे ७ बजे क्यान्सर रोग रोकथामको सन्देश दिने पैदल यात्रा (वाकाथन)बाट महोत्सवका कार्यक्रम सुरु हुनेछन् ।
नेवाः खानाका स्टल, सांस्कृतिक र्याली, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान, धिमे वादन प्रतियोगिता, बालबालिकाका मनोरञ्जन उद्यान सहित महोत्सवका आकर्षण हुन् । ‘अनलाइन खेलमा आधारित सम्पदा खोजौँ कार्यक्रमले युवाहरु बिच सम्पदा क्षेत्रको पहिचान बढाउन मद्दत गर्नेछ ।’
कार्यक्रमका बारेमा जानकारी दिँदै वडाध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘टेवहालमा वहुभाषिक साहित्यिक कार्यक्रम हुनेछ । खिचापोखरीमा २२ वडाका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा योगदान गर्नु हुने २२ मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम हुनेछन् । धर्मपथमा बालबालिकाका लागि खेल र मनोरञ्जन स्थल हुनेछ । धर्मपथको सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी हुनेछ । न्युरोड गेटदेखि वटु मार्गसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।’
पुस्तक प्रदर्शनी, ऐतिहासिक तस्विर प्रदर्शनी लगायत कार्यक्रम महोत्सवका आकर्षण हुन् । महोत्सवमा करिब ४ लाख व्यक्तिहरु सहभागी हुने आयोजकको अपेक्षा छ ।
सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारदेखि लोकप्रिय कलाकार दिपक बज्राचार्य समूह र कुटुम्ब व्याण्ड सम्मको गायन तथा वादन प्रस्तुति हुनेछ ।
यी मध्ये धिमे बाजा बादन प्रतियोगितात्मक कार्यक्रम हो । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ७५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तेस्रोलाई २५ हजार र सान्त्वाना स्थान प्राप्त गर्नेलाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।
त्यस दिन धरहरा, सिभिल मल, सीटीसी मल, काठमाडौँ मल, एसटीसी मलमा पार्किङको व्यवस्थापन गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
वडा नं. २२ का मुख्य ठाउँहरु न्युरोड, टेवहाल (संकटा), सुन्धारा, खिचापोखरी, प्युखा, गणवहाल वडाका मुख्य क्षेत्र हुन् ।
वडाध्यक्ष महर्जनका अनुसार वडा वर्गीकरणमा मध्यम वडामा पर्ने यो वडाको पूर्वमा वडा नं. २८, पश्चिममा वडा नं. २३ र २४, उत्तरमा वडा नं. २७ र दक्षिणमा वडा नं. ११ र २१ सँग सिमाना जोडिएको छ । वडाभित्र होलसेल र खुद्रा गरेर करिब ८ हजार व्यवसाय सञ्चालित छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App