Logo
  • वि.सं.: २०८३, कात्तिक १७ मंगलबार

  • इ.स.: 2026 November 3,TUESDAY

  • वि.सं.: २०८३, कात्तिक १७ मंगलबार

  • कार्यवाहक प्रमुख डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त वाकाभीको शिष्टाचार भेट 

    स्थानीय शासन, सहरी विकास र व्यवस्थापन तथा आपसी हितका विषयमा कुराकानी 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीले शिष्टाचार भेट गर्नुभएको छ । काठमाडौँ प्लाजामा रहेको कार्यवाहक प्रमुखको बैठक कक्षमा आज उहाँहरुका बिच शिष्टाचार भेटवार्ता भएको हो । 

    भेटका क्रममा कार्यवाहक डंगोलले, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताउनुभयो । डेपुटी एम्बास्डर बाकाभीले गर्नुभएको, विगत ५ वर्षमा काठमाडौँको सुन्दरता र व्यवस्थापनमा सकारात्मक परिवर्तन आएको छ । यसका लागि तपाईँहरुले के काम गर्नुभयो? भन्ने प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । 

    आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले, सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

    कुराकानीका क्रममा डेपुटी एम्बास्डर वाकाभीले, सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्व लगायत विषय जिज्ञासा राख्नुभएको थियो । ‘तपाईँ त युवा नै हुनुहुन्छ । राजनीतिमा कसरी प्रेरित हुनुभयो ।’ वाकाभीको प्रश्न राख्नुभयो । जवाफमा डंगोलले, राजनीतिमा आउनु अघि आफू सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै सामाजिक क्षेत्रबाट एउटा मात्र क्षेत्रको सुधार गर्न सकिने तर राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले धेरै व्यक्तिलाई एकै पटक लाभ दिन सकिने भएकोले राजनीतिमा आएको बताउनुभयो । 

    भेटका अवसरमा दूताबासका पोलिटिकल फस्ट सेक्रेटरी द्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तम, कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौत्तमसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

     

     

  • प्रकाशित मिति बिहीबार ३१ वैशाख २०८३ ०३:४८ PM