वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
रैथाने खाना र खाद्य सेवाको स्वच्छता प्रवर्धनमा काठमाडौँ महानगरपालिका
काठमाडौँ । नारायण चौरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो । ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।
मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए ।
फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो । पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो । जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए ।
मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए । एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीको भनाइ छ । स्टलहरुले ५० हजार रुपियाँसम्मको विक्री गरेको उहाँले जानकारी दिनुभयो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App