वि.सं.: २०८३, असोज १ बिहीबार
इ.स.: 2026 September 17,THRUSDAY
वि.सं.: २०८३, असोज १ बिहीबार
प्रमाणका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत उत्पादक झिकाइँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । यसरी फालिएको फोहरमा २ वटा कम्पनीको नाम लेखिएका कागज पाइएका थिए । यी कम्पनीमध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा छ । यी स्थानहरु काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरी बलले, फोहर मैला व्यवस्थापन ऐन २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिमको कसुर गर्नेलाई काठमाडौँ महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।
यही अनुरोध पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको कम्पनीका अधिकारी सम्पर्कमा आइसकेका छैनन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र प्रहरी बलको संयुक्त टोलीले अनधिकृत फोहर फाल्नेहरुमाथि कडा निगरानी थालेको छ । यस क्रममा भेटिने व्यक्तिहरुलाई तत्काल जरिवाना गराउने गरिएको छ । यस्तै सडक, किनारा तथा सार्वजनिक स्थलमा फालेको फोहरमा प्रमाण खोजेर जथाभावी फोहर निकाल्नेलाई कारवाही गर्न थालिएको छ । प्रारम्भमा कारवाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने तर सोही प्रकृतिको कसुर दोहोरिए नाम ठेगाना सार्वजनिक गरिने योजनामा रहेको जोशीको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App