वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
काठमाडौं । काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जले २५ औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा आयोजना गरिएको कार्यक्रमका वक्ता र कार्यपत्र प्रस्तुतकर्ताले एफ. एम. रेडियो स्थापनाको मर्म र धर्म पालना गरे यसबाट प्रसारण हुने सामग्रीहरु अन्य कुनै पनि खालका विधि र प्रविधिले विस्थापित नहुने बताउनुभयो ।
‘पढ्न, लेख्न नजान्ने र प्रविधिको प्रयोग नगर्नेहरुका लागि रेडियो सबैभन्दा नजिकको सूचना दिने माध्यम हो । यसले स्थानीयका कुरा गर्ने भएकोले अपनत्व धेरै हुन्छ । यसकारण महानगरपालिकाले रेडियो सेवालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘खवर प्रदान गर्ने अन्य माध्यमका तुलनामा रेडियो सरल, सहज र प्रभावकारी माध्यम हो ।’
‘महानगरपालिकाको सुशासन र समन्वयका लागि आन्तरिक सञ्चारको ठूलो भुमिका छ । सहअस्तित्वको भाव जागृत गर्न सञ्चारले भूमिका खेल्न सक्छ ।’ कार्यक्रममा महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, आम चासो र जनजीविकासँगै मौलिकता संरक्षण र प्रवर्धनमा सञ्चारको व्यवस्थित प्रयोगमा ध्यान दिएको उल्लेख गर्नुभयो । बदलिँदो प्रविधिअनुकुल रुपान्तरण गर्न केही काम गर्न बाँकी छ । तर, महानगरपालिकाका सञ्चार माध्यमहरुले प्रभावकारी काम गरेका छन् । उहाँको भनाइ थियो ।
त्यस क्रममा वडा नंं १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, रेडियो स्थापना कालको मर्म नछोडी समयसापेक्ष रुपान्तरण हुँदै जानु पर्ने बताउनुभयो । व्यवस्थापकीय अवस्थालाई सुधार गरेर नतिजा ल्याउन सकिन्छ, के. सी. को भनाइ थियो । 
सम्पदाको प्रवर्धन, जनचासो र सहरी विकासका विषय महानगरपालिकाले सञ्चालन गरेको रेडियोका मुख्य विषय हुन् । कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भोगाइ र सिकाइलाई सामयिक रुपान्तरण गरेर समयले मागे अनुसारको ढाँचामा विषयलाई अभिव्यक्त गर्न सक्नु पर्ने बताउनुभयो । उत्तरदायी सरकारलाई आन्तरिक सञ्चारले जवाफदेही बनाएको छ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले, यसैअनुरुपका सञ्चार गतिनिधि सञ्चालन भइरहेको र महत्वलाई प्राथमिकता प्रदान गरिरहेको उल्लेख गर्नुभयो । निजी क्षेत्र र सरकारले सञ्चालन गरेका सञ्चारको तुलना गर्दै उहाँले, निजी क्षेत्र अभाव र प्रभावबाट नियमित हुन नसक्ने बताउँदै सरकारले सञ्चालन गरेपछि जुनसुकै परिस्थितिमा सेवा दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. श्रीराम पौडेलले, एफ. एम. रेडियोले मर्म बोक्ने हो भने स्थानीय अपनत्व बढ्ने र वदलिँदो परिस्थितिले फरक नपार्ने अवस्था रहने धारणा राख्नुभयो । रेडियोमा लगानी, लगानीकर्ताको चासो तथा हस्तक्षेत्र, प्रसारण क्षमता, स्रोताहरुको सहभागिता र रुचि जस्ता क्षेत्रमा अध्ययन गरेर रेडियोले आफ्नोपन दिनु पर्ने उहाँको सुझाव छ । 
त्यस क्रममा आन्तरिक सञ्चारमा रेडियो विषयमा प्रस्तुतिकरण गर्दै कार्यक्रम निर्माता बैकुण्ठप्रसाद भण्डारीले, स्वतन्त्रता र स्वच्छन्दता जस्ता पक्षमा आमसञ्चार अल्झिरहेको उल्लेख गर्दै महानगरपालिकाले सञ्चारप्रतिको दृष्टिकोणबाट जनशक्ति प्रोत्साहित हुनु पर्ने बताउनुभयो । जनशक्तिको सशक्तिकरण र स्वतःस्फूर्त प्रोत्साहित हुने वातावरणले रेडियोलाई गन्तव्यमा पु¥याउन सक्ने उहाँको भनाइ थियो ।
रेडियो सेवा 
महानगरपालिकाले सञ्चार संवादमार्फत शासनमा नागरिक सहभागिता गराउने विषयको अध्ययन गरेको थियो । करिव २०५० साल तिर गरेको हो, त्यसबेलाको स्मरण गर्दै वडा नंं १० का अध्यक्ष के. सी. भन्नुहुन्छ, ‘स्थापित भइसकेका स्थानीय सरकारले सञ्चारको कसरी उपयोग गरेका छन्, भन्ने अध्ययन गर्न हामी भारतका विभिन्न सहर गएका थियौँ । त्यसबेला काठमाडौँ, नगरपालिका थियो । महानगरपालिका बनाउने प्रयास चलिरहेको थियो । महानगरपालिका घोषणा गर्न आफ्नै सञ्चार पूर्वाधारले योगदान गर्छ, भन्ने निष्कर्षसहित अध्ययन टोलीले प्रतिवेदन बुझाएको थियो ।’
यसैलाई आधार मानेर रेडियो स्थापना प्रक्रिया अगाडि बढाइयो । २०५४ फागुन २५ गते महानगरले एफ. एम. रेडियो सञ्चालनका लागि १ सय वाट क्षमताको अनुमति प्राप्त गरेको हो । करिब १ बर्ष असन कमलाक्षीमा परीक्षण प्रसारणपछि २०५६ साल असोज १ गते बसन्तपुरमा औपचारिक कार्यक्रम आयोजना गरेर शुभारम्भ गरिएको हो । दक्षिण एशियाली महानगरहरुमध्ये काठमाडौँ महानगरले सुरु गरेको एफ. एम. रेडियो सेवा तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गर्नुभएको हो । स्थापना कालमा १०६ दशमलव ७ मेगाहर्जमा रेडियो बज्ने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रसारण हुने यस एफएमलाई श्रोताको नजिक पु¥याउन मेगाहर्ज परिवर्तन गरेर २०६१ सालदेखि ९४ विन्दु ६ मेगाहर्ज र ५ सय वाट क्षमताको बनाइयो । २०७९ बैशाख १ गतेबाट ५ सय वाटबाट क्षमता बढाएर १ हजार वाट पुर्याइएको छ । 
स्थापना भएपछि २ बर्षसम्म असनबाट सञ्चालन गरिएको २०५८ सालमा कालिकास्थानको एउटा भाडाको भवनमा सारियो । १० बर्ष त्यसै ठाउँबाट रेडियो चल्यो । २०६८ सालमा राष्ट्रिय सभा गृहमा लगिएको रेडियो अहिले पनि त्यहीँबाट चलिरहेको छ । 
सहरी गतिविधि तथा मानवीय आचरणसँगै महानगरले अबलम्बन गरेको वार्षिक नीति, रणनीति, योजना तथा कार्यक्रमका आधारमा रेडियोबाट प्रसारण हुने विषय छनौट हुने गरेको छन् । एफएमबाट नेपाल, नेपाली, तामाङ्सहित भाषाभाषीका कार्यक्रम तथा समाचार प्रसारण हुने गरेका छन् । रेडियोलाई अनलाइनबाट सुन्न मिल्ने बनाइएको छ । यस्तै पोडकास्टको अभ्यास थालिएको छ । समाचार, समाचारमुलक कार्यक्रम, शिक्षामुलक, मनोरञ्जनात्मक तथा जनचेतनामुलक कार्यक्रम एफ. एम. बाट प्रसारण हुँदै आएका छन् ।
 
                            
                                 निशुल्क उपचार सहजिकरण सेवा 
                            
                        
                                            
                            
                            
                                 फोहरमैला व्यवस्थापन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 पार्किङ्ग व्यवस्थापन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 Intern आवेदन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 KMC Mobile App 
                            
                        
                                            
                            
                            
                                 इजलास व्यवस्थापन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 विद्युतीय नक्शा पास प्रणाली 
                            
                        
                                            
                            
                            
                                 बिपद् सूचना ब्यवस्थापन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 सहकारी व्यवस्थापन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 बोलपत्र आवहन प्रणाली 
                            
                        
                                            
                            
                            
                                 घटना दर्ता नागरिक सेवा 
                            
                        
                                            
                            
                            
                                 राजश्व भुक्तानी प्रणाली 
                            
                        
                                            
                            
                            
                                 KMC Smart Toilet 
                            
                        
                                            
                            
                            
                                 Metro Mart 
                            
                        
                                            
                            
                            
                                 KMC Parking  App 
                            
                        
                                
प्रतिक्रिया