वि.सं.: २०८२, मंसिर २३ मंगलबार
इ.स.: 2025 December 9,TUESDAY
वि.सं.: २०८२, मंसिर २३ मंगलबार
गएको बर्षको तुलनामा यस बर्ष असोज ५ गतेसम्ममा २९.८५ प्रतिशत बढी राजस्व असुली
काठमाडौँ । गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक बर्षको असोज ५ गतेसम्ममा काठमाडौँ महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस अवधिमा गएको बर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो ।
विगत बर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस बर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘गएको बर्षहरुमा पनि पत्राचार भएको हो । तर, करदाताले टेरेका थिएनन् ।’
यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक बर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् । यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् । यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीकोे भनाइ छ ।
पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ ।
नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ, डा. अधिकारीको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App