वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
आज साल्ट ट्रेडिङ्, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले आज सहरका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ । जफत गरिएका सामानहरुमध्ये साल्ट ट्रेडिङ् कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, यही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको हो । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताउनुभयो ।
डा. झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।
आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ्, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिनुभएको छ ।
अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ ।
आजै विहान संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो । अनुगमनका क्रममा व्यवसायीलाई सोधिएको प्रश्नको जवाफ सुन्न लायक थियो ।
अनुगमनका प्रतिनिधिको प्रश्न थियो, ‘मासु काट्दा एप्रोन लगाउनु पर्ने किन नलगाउनु भएको?’ व्यवसायीको उत्तर आयो, ‘विहान कामको चाप हुन्छ । त्यसैले लगाउनै भ्याइँदैन ।’ अनुमगनकर्ताले अर्को प्रश्न सोधे, ‘ढक तराजु नविकरण गराउनु भएकै रहेनछ । यो त गैरकानुनी भयो नि’, व्यवसायीले उत्तर दिए, ‘यो गराउन कहाँ जानु पर्छ हामीलाई थाहा त छैन । बरु, वडालाई यतै पठाइदिनु न ।’
माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान विक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ ।
नापतौलका सामान नविकरण नगर्नुमा व्यवसायी संघलाई देखाउँदै हरेक २ बर्षमा संघले नविकरण गराइदिने जवाफ दिए ।
मासु तथा मासुजन्य खाद्यबस्तु उत्पादन गर्नेहरुको साझा समस्या छ । मासु खुल्ला रुपमा प्रदर्शनमा राख्नु, सरसफाइमा ध्यान दिन नसक्नु, डि फ्रिजको राम्ररी उपयोग नहुनु, फ्रिजमा लामो समयसम्म सामान भण्डार गरेर राख्नु, खसी तथा कुखुरा बध स्थल र उनीहरुलाई राख्ने ठाउँ एउटै हुनु, व्यापारीले स्वास्थ्य मापदण्ड पालना नगर्नु सबै पसलमा देखिने समस्या हुन् ।
मासुजन्य खाद्यबस्तुको उत्पादन गर्न खाद्य अनुज्ञा पत्र नलिनु, प्याकेटमा लेवल नराख्नु, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नहुनु, सुकुटीहरु खुल्लै राख्नु, प्याकेजिङ्का लागि अनुमति नहुनु मासुजन्य खाद्यबस्तु उत्पादकसँग सम्बन्धित समस्या हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App