वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
दशैँमा सरसफाइ र फोहोर व्यवस्थापन नियमित गर्ने काठमाडौँ महानगरपालिकाको योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
‘स्थानीयहरुले अष्टमीदेखि एकादशीसम्मका ४ दिन ल्याण्डफिल साइट बन्द गर्न अनुरोध गर्नुभएको छ । यसैअनुसार आज हामीले सहरको फोहोर संकलन गरेका छौँ । तर, साइटमा पठाएका छैनौँ । दशैँमा कर्मचारीहरुलाई पनि आलोपालो खटाउनु पर्ने हुन्छ । त्यसैले निश्चित जनशक्ति परिचालन गरेर सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्छौँ ।’ विभागका प्रमुख राईले भन्नुभयो, ‘सफाईकर्मीलाई पर्व मनाउने अवसर उपलब्ध गराउन महानगरबासीको पनि योगदान रहन्छ । यसका लागि हामी अनुरोध गर्न चाहन्छौँ, कम फोहोर उत्पादन गरिदिनोस्, उत्पादित फोहोरलाई बर्गीकरण गरेर राख्नोस्, सफाईकर्मी नआउञ्जेल घरबाहिर फोहोर ननिकाल्नोस् ।’
विभागले दशैँका लागि सडक, मठमन्दिर, चोकलगायत सार्वजनिक स्थलहरुको विशेष सरसफाइ गरिरहेको छ । सरसफाईका लागि आज पनि कर्मचारीहरु बढार्ने, झार उखेल्ने तथा गोडमेल गर्ने, पानी तथा चुन छर्किने काम भइरहेको छ । वडाहरुको ८ वटा समूहमा विभाजन गरेर त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनी तथा संघ संस्थालाई सहभागी गराएर सरसफाई चलाइएको हो ।
निजी तथा गैरसरकारी संघ संस्थाहरुको योजना
सहरको फोहोर व्यवस्थापनमा आवद्ध निजी तथा गैरसरकारी कम्पनी तथा संघ संस्था पनि ल्याण्डफिल साइट सञ्चालन भए कामलाई निरन्तरता दिने बताएका छन् । महानगरले दिएको निर्देशन पालना गर्छौँ । नेप्सेम्याकका अध्यक्ष टीका दाहाल भन्नुहुन्छ, ‘हामीले कर्मचारीहरुको विदालाई सिफ्टमा आलोपालोमा मिलाएका छौँ । संकलित फोहोर व्यवस्थित गर्न हामी हाम्रा संयन्त्र परिचालन गर्न सक्छौँ ।’ दाहालले भन्नुभयो, ‘हामीले फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोर छुट््याएर छुट्टाछुट्टै प्लाष्टिक वा बोरामा राख्न अनुरोध गरेका छौँ । फोहोर ढुवानी गर्दा प्रकृतिअनुसार फरकफरक दिन र सवारीमा गर्छौँ ।’
दशैअवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App