वि.सं.: २०८३, जेठ १४ बिहीबार
इ.स.: 2026 May 28,THRUSDAY
वि.सं.: २०८३, जेठ १४ बिहीबार
नगर प्रहरी बलको शुभकामना आदान प्रदान कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले वडा दशैँको फुलपातीको अवसरमा पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । राष्ट्रिय सभामा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘दशै पर्वले सबैमा सत्य र न्यायको पक्षमा काम गर्ने प्रेरणा मिलोस् । पर्वले दिन खोजेको आत्मीयता र भाइचाराको सन्देश ग्रहण गर्न सकियोस् ।’
त्यस क्रममा बोल्दै महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, ‘सहरी व्यवस्थापनमा देखिने खालको परिवर्तन गर्न सकियोस् । दशैँले यसका लागि उत्प्रेरणा बढाओस् ।’ भन्ने शुभकामना दिनुभयो ।
विजयोत्सवका रुपमा मनाइने दशैँका अवसरमा आपसी सम्बन्ध वृद्धि गर्न यस प्रकारको कार्यक्रम आयोजना गर्ने परम्परा रहेको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App