वि.सं.: २०८२, माघ ६ मंगलबार
इ.स.: 2026 January 20,TUESDAY
वि.सं.: २०८२, माघ ६ मंगलबार
कार्यवाहक प्रमुखको जिम्मेवारीमा आएपछि डंगोलबाट विभागीय प्रमुखहरुसँग छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताले राखेका अपेक्षालाई मूल बाटो ठानेर काम गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । कार्यवाहक प्रमुखको जिम्मेवारी आएपछि आज पहिलो पटक विभागीय प्रमुखहरुको बैठक बोलाएर उहाँले भन्नुभयो, ‘‘सुशासन’, ‘नागरिक अपेक्षा’ र ‘असल तथा सफल अभ्यासको निरन्तरता’का लागि हामी सबैको दृष्टि एकै ठाउँमा हुनुपर्छ । यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, ‘पारदर्शिता’, ‘इमान्दारिता’ र ‘जनभावना’ प्रति उत्तरदायी भएर फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला ।’
‘नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।’ डंगोलले भन्नुभयो, ‘समन्वय, सहकार्य र साझेदारितालाई सुदृढ बनाउनुपर्छ । पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ । कार्यान्वयन गर्छौँ भनेका योजना कार्यान्वयनमा आएकै हुनुपर्छ ।’
कार्यवाहक प्रमुख डंगोलले, भोलिदेखि निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम राख्नुभएको छ ।
आजको वैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र विभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App