वि.सं.: २०८२, चैत ६ शुक्रबार
इ.स.: 2026 March 20, FRIDAY
वि.सं.: २०८२, चैत ६ शुक्रबार
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र हिजो देखि शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षा सुरु भएको छ । परीक्षाका लागि शिक्षा विभागले ५७ वटा केन्द्र तोकेको छ । गएको वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरिएका थिए । अटिजम भएका तथा लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीका लागि भने होम सेन्टरमै प्रश्न पत्र पठाएर परीक्षा लेख्ने प्रबन्ध गरिएको छ ।
केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको छ । जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको छ ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गरिनेछ । यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षाको पहिलो दिन आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, शिक्षा विभागका प्रमुख नमराज ढकाल, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित शिक्षा अधिकृतको टोलीले विभिन्न परीक्षा केन्द्रको अनुगमन गरेको छ ।
अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, परीक्षा मर्यादित रुपमा सञ्चालन भइरहेको पाइएको बताउनुभयो ।
परीक्षा समितिका अध्यक्ष एवं विभागका प्रमुख ढकालका अनुसार यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन् । विद्यालयको प्रकृतिका आधारमा हेर्दा २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी भएका छन् । उहाँका अनुसार गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन् ।
परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App