वि.सं.: २०८३, जेठ ६ बुधबार
इ.स.: 2026 May 20,WEDNESDAY
वि.सं.: २०८३, जेठ ६ बुधबार
कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङखलामा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल अहिले फ्रान्समा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । मेयर डेभिडको निमन्त्रणामा ७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुग्नुभएकी कार्यवाहक प्रमुख डंगोललाई मेयर डेभिडले सिटी हलमा स्वागत गर्नुभएको थियो । नेवार समुदायका महिलाहरुको परम्परागत पोशाक हाकुपटासी लगाएर काठमाडौँको पहिचान लिएर उहाँ कार्यक्रममा सहभागी हुनुभएको थियो । डेभिडको स्वागतपछि चलचित्र विधाका रचनात्मक सहरले सञ्चालन गरिरहेका कार्यक्रम र आगामी योजनाका विषयमा कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले मेयर डेभिडलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा गर्नुभएको हो ।
त्यस क्रममा मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभएको थियो ।
कुराकानीका क्रममा चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई उद्योगका रुपमा विकास गर्दाका अनुभव कार्यक्रममा स्थानीय समुदाय, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय समेटिएका थिए ।
त्यस क्रममा मोरक्कोको दक्षिण केन्द्रमा रहेको नगर ओउरजाजातेका मेयर सैद अफ्रोख पनि सहभागी हुनुहुन्थ्यो ।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App