वि.सं.: २०८३, असर ६ शनिबार
इ.स.: 2026 June 20,SATURDAY
वि.सं.: २०८३, असर ६ शनिबार
भोलि विहान ९ बजे काठमाडौँ महानगरपालिकाका विरुद्ध वीरगञ्ज महानगरपालिका र दिउँसो १ बजे ललितपुर महानगरपालिका विरुद्ध भरतपुर महानगरपालिकाका बिच खेल
काठमाडौँ । त्रि. वि. क्रिकेट मैदानमा जारीपीएल सिंह मेमोरियल टी२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले सहज जित दर्ता गरेका छन् । आज २ वटा खेल भएका थिए । पहिलो खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले पराजित भयो भने दोस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भयो ।
प्रतियोगिताको दोस्रो खेलमा भरतपुर महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ७४ रनको फराकिलो जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको बलियो योगफल खडा गरेको थियो । भरतपुरका लागि तल्लो क्रममा आएका गौतम केसीले आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४३ रन जोड्नुभयो । यस्तै ओपनर पवन थापाले ३१ रन, रोशन झाले २१ रन र प्रतीक श्रेष्ठले १७ रनको योगदान दिनुभयो । वीरगञ्जका तर्फबाट बलिङमा विशाल पटेल र पवन सर्राफले समान २-२ विकेट लिए भने आशिक बैठा र रञ्जित कुमारले १-१ विकेट हात पार्नुभयो ।
१६८ रनको ठूलो लक्ष्य पछ्याएको वीरगञ्ज महानगरपालिका भरतपुरको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङ सामु टिक्न सकेन । वीरगञ्ज १७.३ ओभरमा मात्र ९३ रनमा अलआउट हुन पुग्यो । वीरगञ्जका लागि सन्तोष कार्कीले २४, मयन यादवले १८, अरनिको प्रसाद यादवले १७ र विशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरबाट दोहोरो अंक प्राप्त हुन सकेन । वीरगञ्जलाई सस्तैमा समेट्न भरतपुरका सुभाष खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । त्यस्तै प्रतीक श्रेष्ठले २ र गौतम केसीले २ विकेट झार्नुभयो । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुभएका भरतपुरका गौतम केसी खेलको प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।
आजै सम्पन्न तेस्रो खेलमा पोखरा महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ९ विकेटको भारी अन्तरले पराजित गर्यो । खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर क्रिश शर्माले ३३ बलमा अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटर क्रिजमा जम्न सकेनन् । कृतिक कामतले १९ रन जोड्नु बाहेक टोलीका ७ खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । विराटनगरलाई सस्तोमा रोक्न पोखराका स्पिनर विपिन खत्रीले जादुमयी बलिङ गर्नुभयो । उहाँले ४ ओभरमा १ मेडनसहित मात्र २ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिनुभयो । यस्तै सुवास भण्डारी र कृष्ण पौडेलले समान २-२ विकेट तथा सुदीप अर्यालले १ विकेट लिनुभयो ।
१०० रनको सामान्य लक्ष्य पछ्याएको पोखरा महानगरपालिकाले मा १०.४ ओभरमा १ विकेट गुमाउँदै ५६ बल बाँकी छँदै सहजै जित हासिल गर्यो । पोखराका लागि प्रारम्भिक ब्याटर दीपक डुम्रेले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । त्यस्तै अर्जुन कुमालले ३१ बलमा अविजित ४२ रन बनाउनुभयो । ईश्वर क्षेत्री १ रनमा आउट हुनुभयो । विराटनगरका विपिन महतोले १ विकेट लिनु बाहेक अन्य बलर प्रभावहीन रहे । घातक बलिङ गरेका पोखराका विपिन खत्री खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिनुभयो ।
आन्तरिक प्रतिस्पर्धामध्ये यो सर्वाधिक राशीको प्रतिस्पर्धा हो । यसका विजेताले ११ लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख रुपियाँ पाउनेछन् । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई नगदसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिनुभएको छ ।
भोलि विहान ९ बजे काठमाडौँ महानगरपालिकाका विरुद्ध वीरगञ्ज महानगरपालिका र दिउँसो १ बजे ललितपुर महानगरपालिका विरुद्ध भरतपुर महानगरपालिकाका बिच खेल हुँदैछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App