वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
भोलि विहान ९ बजे पोखरा महानगरपालिकाका विरुद्ध काठमाडौँ महानगरपालिका र दिउँसो १ बजे विराटनगर महानगरपालिका विरुद्ध ललितपुर महानगरपालिका बिच खेल
काठमाडौँ । त्रि. वि. क्रिकेट मैदानमा जारी प्रथम पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न चौथो खेलमा काठमाडौँ महानगरपालिका र पाँचौ खेलमा ललितपुर महानगरपालिका विजयी भएका छन । काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई र ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई पराजित गरेका हुन् ।
आजको पहिलो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गरेको छ ।
खेलमा वीरगञ्ज महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण १५ ओभरमा छोट्याइएको उक्त खेलमा वीरगञ्जले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । वीरगञ्जका लागि अर्निको प्रसाद यादवले २६ बलमा सर्वाधिक २९ रन जोड्नुभयो । रूपेश कुमार सिंहले २० बलमा अविजित २६ रन तथा अनिल कुमार साहले २२ रनको योगदान दिनुभयो ।
बलिङतर्फ काठमाडौँका नितेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिनुभयो ।
११२ रनको लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १२ ओभरमै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । काठमाडौँका लागि रिञ्जिन लामाले २४ बलमा ४४ रनको आक्रामक इनिङ खेल्नुभयो । त्यस्तै, सोनु देवकोटाले १८ बलमा ३४ रन र इसान पाण्डेले २१ रन बनाउनुभयो । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका काठमाडौंका सोनु देवकोटा खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।
आजै सम्पन्न दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुर महानगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो । भरतपुरका लागि सुर्यान्शु कोइरालाले ३२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । शुभ कंसाकारले २१ रन र गौतम केसीले १८ रन बनाउनुभयो । ललितपुरका बलर गणेश गौतमले ४ ओभरमा २२ रन दिँदै ३ विकेट तथा बिधान खतिवडाले २ विकेट लिनुभयो ।
१७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ललितपुर महानगरपालिकाले ५ बल बाँकी छँदै १९.१ ओभरमा ६ विकेट गुमाएर रोमाञ्चक जित दर्ता गर्यो । ललितपुरको जितमा मध्य क्रमका ब्याटर विपिन आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा अविजित ८२ रनको म्याच विनिङ इनिङ खेल्नुभयो । उहाँलाई सक्रिय प्रताप कार्कीले १७ बलमा अविजित ३९ रन बनाएर बलियो साथ दिनुभयो । त्यस्तै सचिन लेखकले ३३ रनको योगदान दिनुभयो । भरतपुरका बलर शुभ कंसाकारले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । ललितपुरका विपिन आचार्य खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिनुभयो ।
भोलि विहान ९ बजे पोखरा महानगरपालिकाका विरुद्ध काठमाडौँ महानगरपालिका र दिउँसो १ बजे पोखरा महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका बिच खेल हुँदैछ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी-२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै पुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई नगदसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App