वि.सं.: २०८३, जेठ १७ आइतबार
इ.स.: 2026 May 31,SUNDAY
वि.सं.: २०८३, जेठ १७ आइतबार
'ग्वलः देको मौलिकता फिर्ता गराउँदैछौँ, २ करोड बढी लागतमा द्यः छेँ पुननिर्माण गराएका हौँ' - वडाध्यक्ष संगत
काठमाडौँ । काठमाडौँको ग्वलः दे (ग्वल देश) को नवाली टोलमा पुनःनिर्माण भइरहेको लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ समन्दिर) मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरिएको छ । निर्माणाधीन मन्दिरमा बिहीबार एक विशेष समारोहका बिच विधिपूर्वक पूजाआजा गरी मूर्तिलाई आसनमा पुनःस्थापना गरिएको हो । नित्यनाथको पूजाआजा र आराधनाका लागि विहीबार विशेष दिन मानिन्छ । त्यसैले मन्दिर शिलान्यास कार्य पनि २०८१ फागुन ८ गते बिहीबारकै दिन गरिएको थियो ।
मूर्ति स्थापना गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको जानकारी दिनुभयो । त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्ति राखिएको हो । उहाँका अनुसार मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिको प्राण प्रतिष्ठा गरिनेछ ।
निर्माणाधीन मन्दिरका हरेक तला ८१३.०६ वर्गफिटका हुनेछन् ।
९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो । संरचनाको पूर्वअवस्थाका विषयमा जानकारी दिँदै संगतले भन्नुभयो, ‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा मन्दिरको पुनःनिर्माण गरिरहेका छौँ । मन्दिर बन्नु भनेको संरचना थपिनु मात्र होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्नु हो ।’
स्थानीय संस्कृतिका जानकार राजेश संगतका अनुसार नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ । उहाँले भन्नुभयो, ‘नित्यनाथको पूजाका लागि बिहीबारलाई विशेष र शुभ दिन मानिन्छ ।’
मन्दिरको पुनःनिर्माण गर्दा पुरातात्विक महत्वलाई ध्यानमा राखिएको छ । करबाहेक पुनःनिर्माण लागत करिब २ करोड २७ लाख रुपियाँ हो ।
तीनतले मन्दिरको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App