वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
महानगरका सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम चलाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । आज महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उहाँसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक मीरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौँ ।’ कार्यक्रमका बारेमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘विद्यार्थीहरुले पाएको सीप र ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछ । विद्यार्थी सूचनाका संवाहक हुन् । उनीहरुबाट छिटै परिवर्तन ल्याउन सकिन्छ ।’
‘विद्यालयहरुमा सञ्चालन गरिने यसप्रकारको सचेतना कार्यक्रमबाट काठमाडौँको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिनेछन् ।’ प्रहरी नायव महानिरीक्षक चौधरीले भन्नुभयो, ‘महानगरसँग नतिजामुलक सहकार्यको थालनी भएको छ ।’
सचेतना कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार प्रार्थाना हुने समयमा सबैका लागि पहिलो कक्षा चलाइनेछ । त्यसपछि रुची र उमेरका आधारमा ठूला कक्षाका विद्यार्थीलाई ट्राफिक स्वयम्सेवक सम्बन्धी शिक्षा र ज्ञान दिइनेछ । यसरी सैद्धान्तिक कक्षा लिइसकेका विद्यार्थीहरुलाई स्वयमसेवकका रुपमा सडकमा प्रयोगात्मक सीप सिकाइनेछ ।
सामुदायिक विद्यालयबाट सुरु भएको कार्यक्रम संस्थागत विद्यालयहरुमा विस्तार गरिने लक्ष्य राखिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App