वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
पूर्वाधार निर्माणसँगै सांस्कृतिक, सामाजिक र भाषिक अवस्थितिलाई जोगाउनु हाम्रो दायित्व हो - वडाध्यक्ष महर्जन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्धनमा योगदान गर्ने ५ जनाका साहित्यकारहरुलाई सम्मान गरेको छ । यो वर्ष अन्तर्राष्ट्रिय मातृभाषा रजत जयन्तीका रुपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा वडाले ‘कविता बाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेर वडाका साहित्यकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले, भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताउनुभयो । पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनु पर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । राज्यबाट भाषा लोप हुन नदिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।
वडा नम्बर २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, वहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो, ‘स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।’
त्यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले भन्नुभयो, युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रुपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गर्नुभयो ।
सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नविन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुनुहुन्छ ।
कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गर्नुभएको थियो । उहाँले निबन्ध, कविता र समलोचनामा पनि कलम चलाउनुभएको छ । नेपाल भाषाको सित पत्रिकामा उहाँको पहिलो कविता प्रकाशन भएको थियो ।
कथाकार सुवर्णकेशरीले लेख्नु भएका ‘इल फपुइकी’ जापानी, अंग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ । नेपाल भाषा मिसा खलःमा आवद्ध रहेर उहाँले नेपाल भाषाको प्रवर्धनमा काम गर्नुभएको छ ।
निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष हुनुहुन्थ्यो । उहाँका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्वपूर्ण मानिन्छन् ।
कवि नविन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुनुहुन्छ । यस्तै नेपाल भाषा कविता दबूः लिजःयाका अध्यक्ष हुनुहुन्छ । उहाँले नेपाल भाषाको नाटक निर्देशन पनि गर्नुभएको छ । यस्तै पद्मरत्न तुलाधरले लेख्नुभएको शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।
‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता संग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रुपमा परिचित हुनुहुन्छ । साहित्यका विविध आयाममा कलम चलाउने श्रेष्ठको मुल विधा कविता हो । उहाँले नेपाल भाषाको वय्कलं कविता संग्रहलाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गर्नुभएको छ ।
सन् १९९९ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को महासभाले भाषिक विविधता र बहुभाषिक शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने घोषणा गरेको हो । भाषा अधिकारका लागि यो दिवसलाई महत्वका साथ लिने गरिएको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App